फिल्म ‘इन्टुमिन्टु लण्डनमा’बाट नेपाली चलचित्रमा उदाएका धीरज मगर अब महंगिएका छन्।
उनले झरना थापाको नयाँ फिल्म ‘भगवत् गीता’ का लागि ४० लाख पारिश्रमिक मागेका थिए । उनले ४० लाख पारिश्रमिक मागे पछि फिल्मका लागि हिरो को हो भन्नेमा नै अझै अन्योलता छाएको छ । यसैबिच ‘बाबरी’को इनिसियल व्यापारमा धिरजको स्टारडमले काम गरेन नगरेर फिल्म औषत चल्योभनौ या राम्रो ब्यापार गर्न सकेन।
उनलेले ४० लाख डिमाण्ड गरिरहँदा ४० लाख लिने कलाकारको फिल्मको हालत यस्तो भए निर्माताहरु कसरी बाँच्ने भन्ने प्रश्न अहिले फिल्म उद्योगमा उठिरहेको छ । उनको फिल्मले राम्रो प्रदर्शन नगरेपछि के उनले आफ्नो रेट ४० लाख नै तोक्लान त् ? यो प्रश्न पनि बजारमा उठ्ने गर्छ ?
उनेलले दुइवटा फिल्म नचल्दै यति महंगो पारिश्रमिक मागेपछि उनको आलोचना पनि भएको छ। धिरज मगर र अदिती वुढाथोकीको अनुहारले फिल्म चलाउन कुनै पनि मद्दत नगरेपछि उनलाई ४० लाख कसले देला भन्ने पनि प्रश्न उठ्छ।
















