×
Lagani
Lagani Shiksha gif
चुनाव आउदै गर्दा मन्त्री चौधरीद्वारा राहात वितरण !



निर्वाचन आचारसंहित उल्लंघन गर्दै सहरी विकासमन्त्री मेटमणि चौधरीले राहात सामाग्री वितरण गरेका छन् ।

उनले शनिबार दाङको देउखुरीका चार पालिकाका बाढी पीडितका लागि करिब १३ लाख बराबरको खाद्यान्न सामाग्री वितरण गरेका हुन् । डुबान क्षेत्रको अवलोकनपछि जनतालाई पहिलो चरणको सहयोग पुर्याउने उद्देश्यले देउखुरीका राप्ती, गढवा, राजपुर र लमही पालिकालाई ५० क्विन्टलका दरले चामल उपलब्ध गराएको मन्त्री चौधरीले बताए ।

Lagani Shiksha gif
sharehubapk चुनाव आउदै गर्दा मन्त्री चौधरीद्वारा राहात वितरण !

‘यो २०१८ साल पछिकै ठुलो बाढी हो । यसले निकै ठुलो क्षती पुर्याएको छ । थोरै भएपनि जनतालाई सहायोग होस् भन्ने चाहेको छु । यो पालिका प्रमुख मार्फत् एकद्धार प्रणालीबाट वितरण हुनेछ,’ मन्त्री चौधरीले भने ।

दुःखमा परेका जनताले राज्य र स्थानीय सरकारको महसुस गर्नुपर्ने जनाउँदै सहरी मन्त्री चौधरीले क्षतिको विवरण संकलन लगत्तै स्थानीय, प्रदेश र संघीय सरकारबाट पर्याप्त राहत उपलब्ध गराइने पनि बताए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस