×
Lagani
Lagani Shiksha gif
मेडिकल कलेजलाई शरीर दान गरेका सत्यमोहन जोशीको दाहसंस्कार कसरी हुन्छ ?



शताब्दी पुरुष सत्यमोहन जोशीको निध’न भएको छ ।

ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान १०३ वर्षको उमेरमा निध’न भएको हो । अस्पतालका निर्देशक डा सुरज बज्राचार्यले जोशीको निध’न भएको पुष्टि गरे । जोशीको आज बिहान ६ः५० बजे किस्ट मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो।

Lagani Shiksha gif
sharehubapk मेडिकल कलेजलाई शरीर दान गरेका सत्यमोहन जोशीको दाहसंस्कार कसरी हुन्छ ?

१०३ वर्षको उमेरमा आज निधन भएका सत्यमोहन जोशी संस्कृतिविद् थिए ।  यसअघि जोशीले मृत्युपछि आफ्नो शरीर किष्ट मेडिकल कलेजका विद्यार्थीको अध्ययनका लागि दान गरेका थिए । जोशीले पूरै शरीर अस्पताललाई दान गरेकाले अब उनको दाहसंस्कार कसरी गर्ने भन्ने विषय उनको परिवारको सदस्यहरूको अधिकार भएको अस्पतालले जनाएको छ ।

मृत्युपछि आफ्नो शरीर किस्ट अस्पतालद्वारा सञ्चालित मेडिकल कलेजलाई दान गर्ने निर्णय गरेका जोशीको अन्त्येष्टि कसरी गर्ने भन्नेबारे अहिले छलफल हुन लागेको हो। शताब्दी पुरुष जोशीले आफ्नो शरीरको लामो आयु कसरी भयो भनेर अध्ययन गर्न काम लागोस् भनेर स्वेच्छाले दान दिएको बताएका थिए।

‘परिवारकै सदस्यहरूबीच उहाँले शरीर दान गर्नुभएको हो, तर परिवारका सदस्यहरूले हामी परम्पराअनुसार दाहसंस्कार गछौँ भन्न पाउनु हुन्छ,’ अस्पतालका एक अधिकारीले भने ।

मेडिकल शिक्षामा योगदानका लागि कतिपयले आफु जीवित रहँदै आफ्नो मृत्युपश्चात शरीरको कुनै अंग दान वा पूरै शरीर दान घोषणा गर्ने गर्छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस