अभियान लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
नेप्सेमा सुचिकृत भएपछी लगातार सर्किट लेभलमा कारोबार भएको लघुवित्तको शेयरमूल्यमा आज पनि सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य १० प्रतिसतले बढेर ६ सय ६७ दशमलभ ९० कायम रहेको छ। अघिल्लो कारोबारको दिन ६ सय ७ दशमलभ २० मा अन्तिम कारोबार भएको कम्पनीको आज ६ सय १९ दशमलभ २० बाट शेयर कारोबार खुल्ला भएको थियो।
कम्पनीले केहि समय अघिमात्रै आईपियो निस्कासन गरि बाँडफाँट गरेको थियो। संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता सेयर निष्कासन गरेको थियाे ।
कुल कित्ताको ५ प्रतिशतले हुन आउने ४८ हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने १२ हजार ५०० कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी ९ लाख १३ हजार ७५० कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएकाे थियाे ।













