दशैँ पछिको पहिलो कारोबारको दिन शेयर बजार ४४ अंकले बढेको छ।
आज सेयर कारोबार मापक नेप्से परिसूचक ४४.६२ अंकले बढेर १८९८.३८ विन्दुमा पुगेकाे छ । नेप्से २.४१ प्रतिशतले बढेकाे हो ।दिनभरमा कूल २२४ वटा कम्पनीकाे २५ लाख ३३ हजार ३ सय ९३ कित्ता सेयर खरिदबिक्री हुँदा ८३ करोड ६८ लाख ७३ हजार एक सय ४० रूपैयाँ बराबरको कारोबार भएकाे छ ।

आज सप्तकाेशी डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । बैंककाे सेयरमूल्य ९.९५ प्रतिशतले बढेर २ सय ३० रूपैयाँ ९० पैसा पुगेकाे छ भने ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ काे मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त फण्डकाे मूल्य ४.४८ प्रतिशतले घटेर ८ रूपैयाँ ३१ पैसामा झरेकाे छ ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन एभरेष्ट इन्स्योरेन्सको २२ करोड ६९ लाख रुपैयाँ बराबरको संस्थापक शेयर खरिदबिक्री भएको छ भने नबिल बैंकको साढे ३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
त्यस्तै आइतबार १३ उपसमूहमध्ये सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.६९ प्रतिशत बढेको छ।
















