×
Lagani
Lagani Shiksha gif
के दसैँमा डिजिटल दक्षिणा दिनाले संस्कृति र परम्पारा मासिन्छ ?



विगत केही वर्षयता युवा पुस्ताको रोजाइमा डिजिटल बस्तुहरु पर्न थालेको छ।

त्यस्तै चाडपर्वको बेलामा डिजिटल दक्षिणा दिने प्रचलन पनि सुरु नै भएको छ। विभिन्न संस्थाहरूले डिजिटल भुक्तानी गर्नेलाई प्रोत्साहन स्वरूप चाडपर्वभर विभिन्न अफरसहितका सुविधा दिँदै आएका छन्।

Lagani Shiksha gif
sharehubapk के दसैँमा डिजिटल दक्षिणा दिनाले संस्कृति र परम्पारा मासिन्छ ?

तर डिजिटल दक्षिणाका धेरै फाइदा भएपनि धेरैले भने यसलाई हाम्रो संस्कृति मास्न खोजेका भनेका छन्। दशैँ हर्ष र उमंगको चाड हो र परम्पारागत रुपमा टिका लगाएर आशिर्वाद र नयाँ नोट लिने प्रचलन चलि आएको छ। तर डिजिटल दक्षिणाले दशैँको भावनालाइ ठेस पुर्याएको जनाकारहरुको भनाई रहेको छ। खाम भित्र नयाँ नोट पाउदा जस्तो उमंग डिजिटल दक्षिणा पाउदा नहुने उनीहरु बताउछन।

त्यसो त् खाम भित्र जति रकम राख्दा कसले दियो थाह नहुने हुदा दिने मान्छेलाई धेरै सजिलो हुने गरेको तर डिजिटल दक्षिणामा भने कसले कुन बेला कति दियो भन्ने प्रस्टरुपमा थाह हुने हुदा दिने मान्छेलाई आफुले दिन सक्ने भन्दा पनि धेरै दिनु पर्ने बाध्यता निम्त्याउछ। त्यसो त् खाम भित्र कति रकम छ भनेर लुकी लुकी हेर्नुको मज्जा बेग्लै नै हुन्छ अझै नयाँ नोटको बास्ना सुग्दाको आनन्द झन् बेग्लै छ जुन डिजिटल दक्षिणाले दिन सक्दैन।

सामाजिक संजालमा केहि प्रयोगकर्ताहरु डिजिटल दक्षिणाले हाम्रो संस्कृति मासेको र परम्पराको अन्त्य गर्न खोजेको भन्दै बिरोध गरेका छन् भने कतिपयले यो त् कर दिरेको जस्तै भयो भनेर व्यंग्य गरेका छन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस