×
Lagani
Lagani Shiksha gif
फिल्म समीक्षा : सस्पेन्स नै सस्पेन्स रहेको ‘प्रेम गीत ३’



चलचित्र प्रेम गीत ३ आज देखि प्रदर्सनमा आएको छ।

एकैसाथ हिन्दि र नेपालि भाषामा रिलिज भएको प्रेम गीत केही दिनका लागि शो हाउस फुल हुने गरी टिकट बुकिङ भइसकेको र बुकिङमा भारतीय दर्शकको उत्साह देखिएको निर्देशक सेनले बताए । केही दिनयता भारतमा रहेको अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङसँगको अन्तर्वार्तालाई भारतीय सञ्चार माध्यमहरुले प्राथमिकता दिएका थिए । मनोरञ्जन क्षेत्रको निकै चर्चित भारतीय टेलिभिजन जूमले प्रदीप र क्रिष्टिनासँँग प्रेमगीत ३ बारेमा अन्तर्वार्ता लिएको थियो ।

Lagani Shiksha gif
sharehubapk फिल्म समीक्षा : सस्पेन्स नै सस्पेन्स रहेको 'प्रेम गीत ३'

चलचित्रमा एउटा पुरानो युगको कथा देखाइएको छ। यो एक प्राचीन सेटअपमा सेट गरिएको हिमालयको बेउलबाट शक्तिशाली खजाक राज्यको महाकाव्य कथा हो। कथा दुई प्रमुख पात्र प्रेम र गीतको वरिपरि घुम्छ, जहाँ प्रेम ज्योतिषशास्त्र अनुसार सबैभन्दा शुभ समयमा जन्मिएको हुनाले सिंहासनको उत्तराधिकारी मानिन्छ। तर प्रेमको दाई (अमन)ले यो कुरा मन पराएका हुदैनन् र उनि त्यहाको राजा बन्न चाहन्छन। तर प्रेमले भने आफु गीतको प्रेममा परेको हुदा दरवारको निएम अनुसार राजयोग छोडेर गित संग विवाह गर्छन।

माताले प्रेमनै दरवारको उत्तराधिकारी हुनु पर्ने नत्र राजपरिवारको वंश नै नाश हुने त्यसकारण प्रेमलाइ राजपरिवारको निएम विपरित विहे गर्न दिएर प्रेमलाइ नै दरवारको राजा हुनुपर्ने बताउछिन। तर राजाले यो कुराको निर्णय गर्न लाग्दा अमनले राजाको हत्या गर्छन। त्यसपछि अमन र प्रेमको लडाई हुन्छ। चलचित्र निकै राम्रो तरिका बाट छायांकन गरिएको छ। चलचित्रको केहि कथा यस्तो छ जसले गर्दा यसको अर्को भाग पनि बन्ने छ भनेर अनुमान गर्न सकिन्छ।

राम्रो संग हेरिसके पछि केहि कुरा छुटेको जस्तो लाग्न सक्छ। कथाबस्तु अल्लि झुक्काउने खालको छ। चलचित्र हेर्ने धेरै दर्शकले आफु फिल्मको कथाले अलिकति कन्फ्युज भएको महसुस गरेको बताउछन। भारतमा पनि चलचित निकै दर्शकले रुचाएका छन्।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस