×
Lagani
Lagani Shiksha gif
बरुण हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने समय थप



बरुण हाइड्रोपावर कम्पनीले हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरेको छ ।

यसमा अब भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले भदौ ६ गतेदेखि २६ गतेसम्म १ः१ अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको थियो ।  तर, यस अवधिमा सबै बिक्री नभएपछि म्याद थपिएको हो । हाइड्रोपावरले प्रति कित्ता १०० रुपैयाँ दरले कुल २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर विक्रीमा  ल्याएको हो ।

Lagani Shiksha gif
sharehubapk बरुण हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने समय थप

बरुणले हकप्रद सेयर बिक्रीका लागि साउन २ गते बुक बन्द गरेको थियो । साउन १ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङले गरेको छ । हकप्रदमा आरबीबी मर्चेन्ट बैंकिङ र राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै, मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस