×
Lagani
Lagani Shiksha gif
दार्चुलामा बाढी पहिरोको बितण्डा : कम्तिमा पाँचकाे मृत्यु, चार जना बेपत्ता



दार्चुलाको महाकाली नगरपालिकामा शुक्रबार राति आएको बाढी पहिरोका कारण कम्तिमा पाँच जनाको मृत्यु हुनका साथै चारभन्दा बढी बेपत्ता भएका छन् ।

स्थानीय लास्कु खोलामा आएको बाढीका कारण दार्चुलाको वडा नम्बर १, २, ३ र ४ का बासिन्दा प्रभावित भएका हुन् । महाकाली नगरपालिका–४ का वडा अध्यक्ष जगतबहादुर चुनाराका अनुसार लस्कु खोला यसअघि त्यसरी कहिल्यै बाढी आएको थाहा थिएन । ‘३-४ बर्षअघि खोलामा बाढी आएको थियो,’ वडा अध्यक्ष चुनाराले भने, ‘तर त्यति वेला क्षेति खास्सै भएको थिएन, यसपटक एक्कासी खोला उर्लिएर आउँदा अकल्पनिय क्षति भोग्नु परेको छ ।’

Lagani Shiksha gif
sharehubapk दार्चुलामा बाढी पहिरोको बितण्डा : कम्तिमा पाँचकाे मृत्यु, चार जना बेपत्ता

खोलाको माथिल्लो भागमा वर्षाको पानी जम्मा भएर एकै पटक बग्दा ठुलो क्षति भएको हुनसक्ने उनकाे अनुमान छ । वडा नम्बर–१ र २ का ठाउँठाउँमा सडक खनिएका छन्,’ वडा अध्यक्ष चुनाराले भने, ‘ती सडक खन्दा खोलामा ढुंगा माटो थुप्रिएको थियो, त्यसले खोला थुनेर ड्याम बनेको हुन सक्छ, ड्याम एकै पटक खुल्दा बढी आएकाे हाेकी भन्ने अनुमान छ । तर, यो नै कारण हो भनेर भन्न सकिने अवस्था भने छैन ।’

३–४ वर्षअघि पनि बाटो खन्दा खोलामा पानीको सहत बढेको उनले बताए । ३–४ बर्ष अघि खोलाको माथिल्लो क्षेत्रमा सडक खनिएका थिए,’ उनले भने, ‘त्यतिवेला पहिलो पटक खोलामा पानीको सतह धेरै बढेको थियो ।’ वडा अध्यक्ष चुनाराका अनुसार लस्कु खोलाको उद्मस्थल महाकाली नगरपालिका भित्रै पर्छ ।

वडा नम्बर–२ भएर बग्ने लस्कु खोला वडा नम्बर–३, १ हुँदै वडा नम्बर–४ बाट महाकालीमा मिसिने गर्छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बाढीपहिरोमा परेर हालसम्म महाकाली नगरपालिका–२ मुल्ला मोड बस्ने ७७ बर्षीय नन्दराम नौगाड, दल्लेख बस्ने ६८ वर्षीय मोहनराम पार्की, महाकाली नगरपालिका–३ की मानमती कार्की, नौगाड गाउँपालिका–१ सल्ला बस्ने ३२ वर्षीया जानकी ठगुन्ना र नौगाड गाउँपालिका–१ की १५ बर्षीया धनुली ठगुन्नाकाे ज्यान गएकाे छ ।

यसैगरी, महाकाली नगरपालिका–४ सरस्वती लुहार र उनका श्रीमान सम्पर्कविहिन भएका जिल्ला प्रहरी कार्यालय दार्चुलामा प्रहरी निरीक्षक जगत गाहा मगरले बताए । बाढी पहिरोमा परेर महाकाली नगरपालिका–३ बस्ने धनसिंह कार्की र उनका छोरा दिपक कार्की तथा दिनेश कार्की पनि बेपत्ता भएका छन् ।

वडा नम्बर–२ की ६३ बर्षीया मानमती शाहु बेपत्ता भएको सूचना आएको प्रहरी निरीक्षक मगरले बताए । बाढी पहिरोको क्षतिकाे पूर्ण विवरण प्राप्त नभइसकेका कारण मृतक र बेपत्ता हुनेको संख्या अझै बढ्न सक्ने उनले बताए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस