×
Lagani
Lagani Shiksha gif
फ्लिम नचलेपछि इज्जत जोगाउन निर्माता आफैंले टिकट किनेर ‘हाउसफुल’ !



पछिल्लो समय नेपालि फ्लिम नचलेपछि निर्माताहरूले केही हलमा आफैं टिकट किनेर सबै सीट ‘सोल्डआउट’ देखाउने ‘ट्रेन्ड’ देखिन थालेको छ ।

निर्माताहरूले आफ्नो इज्जत जोगाउन भएपनि फिल्म प्रदर्शनको शुरूआती दिन केही हलको टिकट आफैंले खरिद गरि हाउसफुल भयो भनेर प्रसार गर्ने चलन बढी आएको छ। समिक्षकहरु हाल हाउसफुल भएको देखेर हलमा दर्सकहरुको भाव बुझ्न जादा हाल पुरै खालि रहने गरेको बताउछन। पछिल्लो समय धेरै फिल्मले यो ‘ट्रेन्ड’लाई पच्छ्याउने गरेको जानकारहरू बताउँछन् ।

Lagani Shiksha gif
sharehubapk फ्लिम नचलेपछि इज्जत जोगाउन निर्माता आफैंले टिकट किनेर 'हाउसफुल' !

फ्लिम हाउसफुल देखाउदा अरुलाई पनि हेरौ हेरे लाग्ने भएको कारण निर्माताहरूले आफ्नै खर्चमा टिकट काटेर शो हाउसफुल देखाउने गरेको पाइएको हो ।  विशेषगरी राजधानीका मल्टिप्लेक्स हलहरूमा यो ‘ट्रेन्ड’ देखिन थालेको छ ।

यसरि निर्माताले आफैले टिकट काटेर हाउसफुल गर्दा हाल संचालक हरुले आफुलाई घाटा भैरहेको बताउछन। बुकिङ्ग त् हाउसफुल हुन्छ तर दर्शक भने हाल सम्म आउदैनन। एकै व्यक्तिले ४०-५० वटा सम्म टिकेट काटेको र हलमा भने कोहि नआएको हाल सञ्चालक हरुको गुनासो छ।

यतिबेला नेपाली फिल्महरू हलमा केही दिन टिकाउन पनि गाह्रो परिरहेको अवस्था छ । हाउस फुल देखेर हलमा जाने दर्शक पनि हाल खालि देख्दा त्यतिकै फर्किने गर्छन।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस