×
Lagani
Lagani Shiksha gif
नेप्सेमा २१.२२ अंकको गिरावट।



नेपाल स्टक एक्सचेञ्जमा म‌ंगलबार २१.२२ अंकले ओरालाे लागेकाे छ ।

Screenshot 2022 09 06 163534 नेप्सेमा २१.२२ अंकको गिरावट।

Lagani Shiksha gif
sharehubapk नेप्सेमा २१.२२ अंकको गिरावट।

कारोबार सुरू भएदेखि नै घट्न थालेको नेप्से अन्तिम समयसम्ममा घट्दै २१ अंकमा बन्द भएको छ । यससँगै, नेप्से परिसूचक १९ सय ५१ अंकमा बन्द भएको छ। यस्तै, सेन्सेटिभ समूहमा ३.८९ अंकको ओरालाे लाग्दै ३७९.०५ अंकमा आइपुगेको छ । नेप्सेमा १ अर्ब १९ करोड ७ लाख रुपैयाँ बराबरको ३२ लाख ९ हजार कित्ता सेयर किनबेच भएको छ ।

नेप्से घटे पनि म्युचुअल फण्ड समूहमा भने सुधार आएको छ । यो समूह ०.०६ अंकले बढेको छ भने यो बाहेक अन्य कुनै पनि समूहमा सुधार आएको छैन । घटेकामध्ये निर्जीवन बिमा कम्पनी समूह १४७ अंकले घटेको छ । यस्तै, जीवन बीमा समूह ८५ अंकले घटेको छ । विकास बैंक समूह ६४ अंकले घटेको छ भने लघवित्त समूह ५२ अंकले घटेको छ ।

जलविद्युत समूह ४६ अंकले घट्दा वित्त समूह ३५ अंकले घटेको छ । सानिमा माइ हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस