नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्ज स्थापनाका लागि धितोपत्र बजार सञ्चालन नियामावली, २०६४ संशोधन गरेको छ ।
बोर्डको सञ्चालक समितिको बैठकले उक्त नियमावली संशोधन गरी स्वीकृतीका लागि अर्थ मन्त्रालयमा पठाएको र मन्त्रिपरिषदले पास गरेपछि सेबोनले कार्यान्वयनमा ल्याउने उनले बताए । उक्त नियामावलीमा चुक्तापूँजी ५ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था छ । त्यसैगरी संशोधन नियमावलीमा अन्य संस्थागत लगानीकर्ताले समेत लगानी गर्न सक्ने व्यवस्था गरिएको छ।
पब्लिक वा प्राइभेट जुनसुकै योग्य संस्थागत लगानीकर्ताले लगानी गर्न सक्ने व्यवस्था गरिएको छ । हाल बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सूचीकृत संगठित संस्थाले मात्र स्टक एक्सचेञ्जको शेयरमा लगानी गर्न सक्ने व्यवस्था रहेकोमा नयाँ स्टक एक्सचेञ्जमा लगानी गर्न सक्ने सीमा पनि बढाइएको छ ।
छिमेकी मुलुक भारतमा पनि बीएसई र एनएसई दुई ओटा स्टक एक्सचेञ्ज सञ्चालनमा रहेको हुदा लामो समयदेखि लगानीकर्ताहरूले पनि नयाँ स्टक एक्सचेञ्जको माग गर्दै आएका थिए । अब मन्त्रिपरिषदले पास गरेपछि अर्को स्टक एक्सचेञ्ज सुरु हुनको लागि बाटो खोल्ने छ।







