×
Lagani
Lagani Shiksha gif
लाइन मिच्ने मन्त्रीलाई लाइनमा बस्नुस् भन्ने सुरक्षागार्ड पक्राउ !



संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्ने एक जना सुरक्षागार्ड पक्राउ परेका छन्।

मन्त्रीलाई लाईनमा बस्न भनेपछि  सुरक्षागार्ड कुँवरलाई पक्राउ गरी अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाउने तयारी गरिएको हो । शुक्रबार ठमेलस्थित छायाँ सेन्टरमा भिसा आवेदनका लागि बायो मेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठलाई सुरक्षागार्डले लाइनमा बस्न आग्रह गरेका थिए । तर मन्त्रीलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्रेको छ ।

Lagani Shiksha gif
sharehubapk लाइन मिच्ने मन्त्रीलाई लाइनमा बस्नुस् भन्ने सुरक्षागार्ड पक्राउ !

मन्त्री श्रेष्ठ शुक्रबार भिसाका लागि बायोमेट्रिक विवरण दिन पुगेका थिए । त्यसपछि भिसा सेन्टरमा कार्यरत  सुरक्षा गार्ड शेरजंग गुरुङले मन्त्री श्रेष्ठलाई लाइनमा बस्न आग्रह गरे । तर, मन्त्रीको साथमै रहेका अंगरक्षकले ‘उहाँ मन्त्रीज्यु हुनुहुन्छ, जान दिनुस्’ भनेर जवाफ दिएपछि सुरक्षा गार्डले जो मानिस भए पनि लाइनमा बस्नु पर्ने बताएपछि त्यहाँ धकेलाधकेलको अवस्था सिर्जना भएको प्रहरीको भनाइ छ ।

उनले पुनः मन्त्री श्रेष्ठलाई लाइनमा बसेर आउन आग्रह गरेपछि श्रेष्ठ झोक्किएका थिए । त्यसपछि सुरक्षा गार्ड र मन्त्रीबीच भनाभन नै भएको थियो ।

उनलाई दरबारमार्ग प्रहरी वृत्तले अभद्र व्यवहारसम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान गर्ने भएको छ । दरबारमार्ग वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) कोपिला चुडालले मन्त्रीजस्तो सम्मानित व्यक्तिमाथि दुर्व्यवहार गरेको उजुरी आएपछि दुर्व्यवहार गर्नेलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको बताइन् ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
Hari prasai
Guest
Hari prasai
September 4, 2022 10:38 pm

The Police has done his job..He is honest he should be rewarded…



ताजा समाचार
लोकप्रिय
सिफारिस