×
Lagani
Lagani Shiksha gif
आजदेखि खुल्तो बरुण हाइड्रोपावरको हकप्रद शेयर , कसरि दिने आवेदन ?



बरुण हाइड्रोपावर लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ।

कम्पनीले हाल कायम रहेको शतप्रतिशत अर्थात् १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो ।
यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद जारी गरेको हो।

Lagani Shiksha gif
sharehubapk आजदेखि खुल्तो बरुण हाइड्रोपावरको हकप्रद शेयर , कसरि दिने आवेदन ?

कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि साउन २ गते बुक क्लोज गरिसकेको छ । जसले गर्दा साउन १ गते सम्म शेयर खरिद गर्ने शेयरधनीले मात्र उक्त शेयरमा मेरो शेयर देखि आवेदन दिन सक्ने छन्। आवेदकले भदौ २६ गतेसम्म उक्त हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।

कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले कम्पनीको हकप्रद शेयरलाई केयर एनपी डबल बी प्लस आईएस रेटिङ दिएको छ, यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको संकेत गर्दछ ।

हाल कम्पनीको चुक्तापूँजी रू. २६ करोड ७९ लाख रहेको छ भने शतप्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँटपछि पूँजी रू. ५३ करोड ५८ लाख पुग्नेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस