×
Lagani
Lagani Shiksha gif
प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्दै घोराही सिमन्ट , प्रति कित्ता कति टोक्यो मुल्य ?



घोराही सिमन्ट इन्डस्ट्री लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको छ।

कम्पनीले  प्रिमियममा रू. ३ अर्ब ४४ करोड १६ लाख बराबरको आईपीओ निष्कासन गर्ने भएको हो। कम्पनीले कुल ७९ लाख ४३ हजार ८०१ कित्ता आईपीओ निष्कासन गर्नका लागि साउन ९ गते नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएको हो। कुल निष्कासन मध्य ३ लाख ९७ हजार १९० कित्ता शेयर स्थानीय बासिन्दाको लागि र ७५ लाख ४६ हजार ६११ कित्ता सर्वसाधारणको लागि निष्कासन गरिनेछ ।

Lagani Shiksha gif
sharehubapk प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्दै घोराही सिमन्ट , प्रति कित्ता कति टोक्यो मुल्य ?

शेयरकाे विक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । हिमालयन क्यापिटल लिमिटेडले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडसँगको संयुक्त सहकार्यमा घोराही सिमेन्टको सेयर निष्काशन तथा बिक्री प्रवर्द्धनसम्बन्धी सम्झौता गरेको हो ।

कम्पनीले स्थानीयको लागि प्रतिकित्ता रू. ४०० र सर्वसाधारणको लागि प्रतिकित्ता रू. ४३५ मा आईपीओ निष्कासन गर्नेछ ।

२०६४ सालमा दर्ता भई वि.सं २०६९ साल देखि आफ्नै चुनढुंगा खानी मार्फत क्लिंकर उत्पादन गरि व्यवसायिक उत्पादन सुरु गरेको घोराही सिमेन्टले नवीनतम प्रविधि प्रयोग गरि दाङमा सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस