×
Lagani
Lagani Shiksha gif
आज यी स्थानमा भारी वर्षाको सम्भावना , सतर्क रहन आग्रह।



आज बिहान लुम्बिनी प्रदेशमा वर्षा भइरहेको छ ।

दिउँसो पहाडी भूभागका धेरै स्थान र अन्य भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम, लुम्बिनी, गण्डकी,बागमती र मधेश प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

Lagani Shiksha gif
sharehubapk आज यी स्थानमा भारी वर्षाको सम्भावना , सतर्क रहन आग्रह।

राति बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्विमका प्रदेशका थोरै स्थानमा भारी वर्षाको आकलन गरिएको छ । बिहीबार पहाडी भूभागका धेरै स्थान र अन्य भूभागका केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै भोलि दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशको पहाडी भू-भागका धेरै स्थानहरूमा र अन्य भू-भागका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।सुदुर पश्चिम, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

साथै भोलि राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा र अन्य भू-भागका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस