SFCL 338 -7 SMB 1680 54 EDBL 388 -6.7 HBL 175.6 -2.4 MHL 400 0 MLBBL 1350 60 AKJCL 203.1 -3.9 SWBBL 834 24 UHEWA 387.2 -13.8 HBLPO 123.2 0 ENL 838 23.1 NLIC 586.9 -3.1 GCIL 482 -2.6 BEDC 363 -2 SAMAJ 2352 -48 SIFC 417 -1 TSHL 510 10 USHL 462.1 -7.9 DORDI 400 -6 RLFL 385 -3.5 UPCL 194 -0.5 RBCLPO 10350 -400 MSLB 1280 61 SJCL 269.9 1.9 CYCL 1597 72 BARUN 235 3.1 GMFIL 387 -9 ULBSL 1885.1 48.4 PPL 540 -30 MEL 227.7 -1.3 CITY 588.3 -11.7 BBC 3700 -28.9 LSL 157 3 MHNL 226 -4 HDHPC 133.4 0.3 NMB 179.6 1.5 PHCL 288 -4.5 TAMOR 375.9 6.9 MFIL 503.9 -4.1 SHLB 1745.7 158.7
×
दिनभर लोडसेडिङ गरेर विद्युत् कार्यालयमा खसी ढालेर जाँडपार्टी , पत्रकार माथि कुटपिट ।



नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीले शुक्रबार साँझ  समाचारदाता कृष्ण आचार्यमाथि कुटपिट गरेका छन् ।

कार्यालय परिसरमा मादक पदार्थ सेवन गरेर भोज गरेको भन्ने सूचनाका आधारमा समाचार सम्प्रेषण गर्न गएका आचार्यमाथि कुटपिट भएको हो । सो क्रममा आचार्यको शरिरमा घाउचोट लागेको छ भने कपडा च्यातिएको छ ।

कार्यालय समयमा कार्यालय भित्रै रक्सी पार्टी भएको जानकारी पाएर फोटो खिच्न र समाचार संकलनका लागि पुगेका नारायणी अनलाइनका सम्पादक तथा संचारपत्र दैनिकका प्रकाशक कृष्ण आचार्यलाई रक्सीले मातेका कर्मचारीले कुटिपिट र दुव्र्यवहार गरेका छन् । उनीहरुले आचार्यसंग रहेका दुईवटा मोवाइल खोसेका छन् भने जाँड पाटीको फुटेज र फोटो डिलिट गरेका छन् । कार्यालयभित्र हामी राजा हो भन्दै एक्कासी फोटो र भिडियो किन खिचेको भन्दै आक्रमणमा उत्रिएको सम्पादक आचार्यले बताउनुभयो ।

कुटपिट भएपछि उहाँ भागेर बाच्नुभएको थियो । उहाँको साथमा रहेका दुई मोबाइल विद्युत्का कर्मचारीले खोसेर राखेका छन् । जिल्ला प्रहरी कार्यालयले एक जनालाई शुक्रबार राति पक्राउ गरेको छ । प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले आज दोषी कर्मचारीलाई प्रहरी कार्यालयमा हाजिर गराउने सर्तमा कार्यालय प्रमुख राजिव सिंहले कागज गरेको जानकारी दिनुभयो ।

आचार्य स्थानीय नारायणी अनलाइन र ‘सञ्चारपत्र’ दैनिकका प्रकाशकसमेत हुनुहुन्छ । उहाँ प्रेस चौतारी नेपाल चितवनका उपाध्यक्षसमेत हुनुहुन्छ । घटनाको नेपाल पत्रकार महासङ्घ चितवनसहित पत्रकारसँग सम्बन्धित सङ्घ संस्थाले निन्दा गरेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस