×
Lagani
Lagani Shiksha gif
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो (तस्बिरसहित)



रामेछाप बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

रामेछापबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८६९६ नम्बरको बस मंगलबार बिहान लुभुघाटमा दुर्घटना हुँदा घटनास्थलमा नौ जना र तीन जनाको उपचारका क्रममा मृत्यु भएको  हो ।  ‘बस दुर्घटनामा घटनास्थलमा नौ जनाको र काभ्रेको धुलिखेल अस्पतालमा उपचारका क्रममा थप तीन जनाको मृत्यु भएको छ,’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजु ढकालले जानकारी दिए ।

Lagani Shiksha gif
sharehubapk रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो (तस्बिरसहित)

उनका अनुसार मृतकको पहिचान भइसकेको छैन । मृत्यु हुनेमा सात जना पुरुष र पाँच जना महिला रहेका प्रहरी निरीक्षक ढकालले बताए ।
दुर्घटनामा घाइते भएका २२ जनाको काभ्रेमा उपचार भइरहेको छ । धुलिखेलमा २१ जना र बनेपामा एक जना घाइतेको उपचार भइरहेको जानकारी दिएका ढकालले हेलिकप्टरबाट उद्धार गरिएका तीन जनाको कहाँ उपचार भइरहेको भन्ने एकीन नभएको जानकारी दिए ।

‘तीन जना घाइतेको हेलिकप्टरबाट उद्धार गरिएको थियो । उनीहरुको कहाँ उपचार भइरहेको छ, एकीन भएको छैन,’ उनले भने, काभ्रेमा उपचार भएका २२ जनामध्येमा छन् कि अन्त कतै लगिएको र उपचार भइरहेको छ, खुल्न बाँकी छ ।’

रामेछापको हिलेदेवीबाट छुटेको सो बस मंगलबार बिहान सवा १० बजे लुभुघाटमा दुर्घटनामा परेको थियो । दुर्घटनाको कारण पत्ता नलगाए पनि मोडमा कटाउन नसक्दा दुर्घटना भयो कि भन्ने अनुमान गरिएको निरीक्षक ढकालले बताए ।

290488104 524270689479601 7048084032522928995 n रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो (तस्बिरसहित) 292165583 1446833572429720 6124134199967713442 n रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो (तस्बिरसहित) 291759398 1139893249923189 814335453950219191 n रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो (तस्बिरसहित) 290877370 1832109737180759 1192751923814384037 n रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो (तस्बिरसहित) 291887488 1315342945662140 8095025839959419182 n 1 रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो (तस्बिरसहित)

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस