काठमाडौंको लैनचौरस्थित भारतीय दूतावास भित्र एक जना सुरक्षाकर्मीले आफैलाई गोली हानी आत्महत्या गरेका छन् ।
दूतावास स्रोतका अनुसार ३२ वर्षीय दिपक सिंह नाम गरेका ती भारतीय सुरक्षाकर्मीले दूतावास परिसर भित्र हात्महत्या गरेका हुन् । उनले आफूले बोकेको इन्सास राइफलले आफैलाई गोली हानेका थिए ।
उनको घटनास्थलमै मृत्यु भएको थियो । स्रोतका अनुसार उनको शव अहिले पोस्टमार्टमको लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ । स्रोतका अनुसार सिंहले ड्युटीमा रहेका बेला इन्सास राइफलबाट आफैंलाई गोली चलाएको र उनको घटनास्थलमै मृत्यु भएको दूतावासका अधिकारीले नेपाल प्रहरीलाई जानकारी गराएका छन् ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted
















