नेप्सेमा आज ङादी ग्रुप पावर लिमिटेडको शेयरको मार्केट डेप्थको डाटामा चरम लापरवाही देखिएको छ।
कारोबारको क्रममा नेप्सेकै आधिकारिक तिएमएस र नेप्सेकै आधिकारिक वेवसाइटमा फरक फरक डाटा देखा परेको हो। एउतै समयमा टिएमएसको डाटा अनुसार ङादी ग्रुप पावर लिमिटेडको बिक्री तर्फ ४ अर्ब ९४ करोड ९६ लाख ६८ हजार ८९२ देखिन्छ भने नेप्सेको आधिरारिक वेवसाइटको मार्केट डेप्थमा बिक्री तर्फ -४०४ देखिएको छ।
कम्पनीको नेप्सेमा जम्मा १ करोड ७६ लाख ७३ हाजार ३ सय १० कित्ता शेयर मात्र नेप्सेमा सुचिकृत रहेकोमा ४ अर्ब ९४ करोड ९६ लाख ६८ हजार ८९२ कित्ता शेयर बिक्रिमा देखाउनु सरासर गलत हो। नेप्सेको डाटामा छेडछाड पार्ने क्रममा यस्तो हुन सक्ने जानकारहरु बताउछन।
नेप्सेमा यस्तो पहिलोपटक भने भएको हैन यसघि पनि रुरुको ४ अर्ब बढी शेयर बिक्रीमा देखाएको थियो।

तिएमएसको डाटा

आधिकारिक वेवसाइटको डाटा
















