×
Lagani
Lagani Shiksha gif
एक महिनामा पाँच अर्बले बढ्यो निक्षेप संकलन



बैंकहरूको निक्षेप संकलन पाँच अर्बले बढेको छ ।

बैंकहरूको निक्षेप संकलन बढ्दा सिडी रेसियोमा पनि सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार १२ असारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४९ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप रहेको छ । ११ जेठसम्म बैंकहरूको निक्षेप ४९ खर्ब ८२ अर्ब रुपैयाँ रहेको थियो ।

Lagani Shiksha gif
sharehubapk एक महिनामा पाँच अर्बले बढ्यो निक्षेप संकलन

एक दिनमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप पाँच अर्बले बढेको हो । यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि पाँच अर्बले बढेर ४४ खर्ब एक अर्ब पुगेको छ ।

वाणिज्य बैंकहरूको कर्जा लगानी भने एक अर्बले घटेर ४१ खर्ब ७५ अर्ब रुपैयाँमा सीमित छ । बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा प्रवाह ४७ खर्ब पाँच अर्बमा झरेको छ । बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८९.३७ प्रतिशतबाट घटेर ८९.२६ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस