×
रकेटको गतिमा बढ्यो सेयर बजार , ३७ कम्पनीको शेयरमा सकारात्मक सर्किट।



लामो बियारिस ट्रेन्डपछि शेयर बजार लयमा फर्केको छ।

आज नेप्से ९४ दशमलभ ९२ अंकले बढेको छ। सो अंकले बढेपछि नेप्से १ हजार ९ सय ५६ बिन्दुमा पुगेको छ । आज दिनभरमा २ अर्ब १९ करोड ६१ लाख भन्दा बढीको कारोबार भएको छ। नेप्से ५ दशमलभ १० प्रतिसतले बढ्दा यो कारोबार रकम भने निकै कम हो।  केहि लगानीकर्ताले अब बुल सुरु भएको भने पनि कोहिले भने ट्रयाप भनेका छन्।

Screenshot 2022 06 26 150910 रकेटको गतिमा बढ्यो सेयर बजार , ३७ कम्पनीको शेयरमा सकारात्मक सर्किट।

कूल २३० वटा कम्पनीकाे ६३ लाख ६३ हजार ५ सय ९० कित्ता सेयर खरिदबिक्री भएको छ।  कारोबारमा आएका सबै उपसमुहमा हरियाली छाएको छ। २३० कम्पनि मध्य ५ कम्पनीको शेयरमूल्य घटेको छ भने २ सय २३ कम्पनीको शेयर मूल्य बढेको छ।

सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक कुमारी बैंकको शेयर खरिदबिक्री भएको छ । बैंकको एकैदिन ८ करोड ६४ लाख ३८ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, हिमालयन डिस्टिलरीको ८ करोड ३७ लाख, ङादी ग्रुप पावरको ८ करोड ३३ लाख, नबिल बैंकको ६ करोड ७६ लाख र शिवम् सिमेन्ट्सको ५ करोड ४१ लाख रुपैयाँभन्दा माथिको कारोबार भएको छ । त्यस्तै आज दिनभरको कारोबारमा ३७ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

Screenshot 2022 06 26 151957 रकेटको गतिमा बढ्यो सेयर बजार , ३७ कम्पनीको शेयरमा सकारात्मक सर्किट।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस