×
Lagani
Lagani Shiksha gif
दोर्दी खोलाको आईपीओ बाँडफाँट मिति सार्बजनिक , पर्ने सम्भावना कति ?



दोर्दी खोला जलविद्युतको आईपीओमा आवेदन दिने लगानीकर्तालाई आईपीओ कहिले बाँडफाँट होला भन्ने चासो रहेको छ।

लगानीकर्ताको सोहि चासो मेटाउन आज हामीले विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलसँग कुराकानी गरेका छौ। क्यापिटलका अनुसार जलविद्युतको आईपीओ प्रि-अलोटमेन्ट सम्पन्न गरि यहि असार ८ गते बुधबार सिद्धार्थ क्यापिटलको कार्यालयमा हुने तय भएको छ। यद्यपी समय भने हाल सम्म तय नभएको क्यापिटलले जनाएको छ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार अन्तिम दिन अर्थात् मंगलवार साँझ साढे ५ बजेसम्म यी आवेदकहरुले रू. १ अर्ब ७८ करोड ७५ लाख ६२ हजार बराबरको १ करोड ७८ लाख ७५ हजार ६२० कित्ताका लागि आवेदन दिएका हुन् । जुन मागभन्दा ८ दशमलव ८५ गुणा बढी आवेदन परेको हो ।

आवेदन माग भन्दा बढी परेको हुदा शेयर पर्ने सम्भावना पनि न्यून देखिन्छ। कम्पनीले लमजुङ जिल्लामा १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत् आयोजना निर्माण गर्दैछ । यो आयोजनाको अनुमानित निर्माण लागत कुल रू. २ अर्ब ६९ करोड ४४ लाख ३ हजार रहेको छ ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले दोर्दी खोलाको आइपीओलाई ‘कियर एनपी आइआर डबल बी माइनस’ प्रदान गरेको छ जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस