×
गत सातामा ३० अंकले घटेको नेप्से यो साता कस्तो रहला ?

Stock market electronic board with alot of numbers



गत साता नेप्से १.४७  प्रतिशत अर्थात ३०.५४ अंक घटेको थियो ।

त्यसअघिल्लोे साता २०७८.७० विन्दुमा रहेको नेप्से गत साताको अन्त्यसम्म घटेर २०४८.१६ बिन्दुमा झरेर बन्द भएको थियो । बुधबार ६० अंकले बढेको नेप्से बाँकी चार कारोबार दिन घटेको थियो । सरकारको नीति तथा कार्यक्रम र बजेटमा लगानीकर्ताको मागको उचित म्बिोधन हुन नसक्दा पछिल्लो समय बजारमा निरन्तर नेप्से घट्दो क्रममा रहेको छ ।

यसअघिको उच्चतम बिन्दु ३२२७  बाट नेप्से करिब ३७ प्रतिशतले घटिसकेको छ । लगानीकर्ताको दोस्रो बजारमा गरिएको लगानी ३० प्रतिशतभन्दा बढीले घटेपछि यसअघिका माग सम्बोधन गराउनकै लागि सेयर लगानीकर्ता सडकमा ओर्लिएका छन् । अबको तीन महिनाभित्र कम्पनीले लाभांश वितरण गरिसक्ने र चालु आवको ११ महिनाका आधारमा कम्पनीले गर्ने नाफा र वितरण गर्ने लाभांशको प्रक्षेपणका आधारमा पनि सेयर बजारमा जेठ, असारलाई लगानीको सिजनको रुपमा लिने गरिन्थ्यो ।

तर, यो वर्ष तरलता अभाव, बढ्दो ब्याजदर र नीतिगत रुपमा सम्बोधन हुन नसक्दा पनि बजार ओरालो लागिरहेको अवस्था छ । गत साता नेप्से घटेपनि दैनिक कारोबार रकम भने बढेको छ । दैनिक औषत कारोबार रकम ६.२८ प्रतिशत बढेर १.३२ अर्ब कारोबार हुँदा सातामा साढे ६.६० अर्ब बढीको सेयर कारोबार भएको छ ।  नेप्से घटेपछि कुल बजार पूँजीकरण ४२ अर्ब रुपैयाँले घटेर २९ खर्ब १७ अर्बमा झरेको छ । अघिल्लो साता कुल बजार पूँजीकरण २९ खर्ब ५९ अर्ब ४० लाख रुपैयाँ रहेको थियो ।

गत साता नेप्सेमा ४ कम्पनीका २ करोड १२ लाख २ हजार २९२.९३ कित्ता सेयर सूचीकृत भएको छ । शिखर इन्स्योरेन्सको चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद, आईएमई जनरलको चुक्ता पूँजीका ४० प्रतिशत बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद, नेपाल लाइफको चुक्ता पूँजीको १४ प्रतिशत बराबरले हुन आउने १ करोड ७९ हजार ९५८.९३ कित्ता बोनस सेयर र सिवाईसी नेपाल लघुवित्तको वित्तीय संस्थाको १२ लाख १६ हजार ४१८ कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस