×
Lagani
Lagani Shiksha gif
उपकार लघुवित्तको आईपीओमा ११५ गुणा बढी आवेदन , ९९ प्रतिसत आवेदकको हात खालि हुने !



उपकार लघुवित्तको आईपीओमा मंगलबारसम्म मागभन्दा ११४ दशमलव ८९ गुणा बढी आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङका अनुसार मंगलबार साँझ ५ बजेर ५ मिनेटसम्म २२ लाख ३८ हजार ७ सय ५७ जनाले २ अर्ब ५४ करोड ९ लाख ४४  हजार रुपैयाँ बराबरको २ करोड ५४ लाख ९ हजार ४ सय ४० कित्ताको लागि आवेदन दिएका हुन् । हालको अवस्था हेर्दा जम्मा ० दशमलभ ९८ प्रतिसत आवेदकले १० कित्ता शेयर हात पर्ने छन् भने ९९ दशमलभ  ०२  प्रतिसत आवेदकको हात खालि हुने छ।

Lagani Shiksha gif
sharehubapk उपकार लघुवित्तको आईपीओमा ११५ गुणा बढी आवेदन , ९९ प्रतिसत आवेदकको हात खालि हुने !

लघुवित्तले सर्वसाधणहरुलाई २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार २५० कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले जारीपूँजी रू. ६ करोड ५६ लाख २५ हजार ३६ प्रतिशतले हुन आउने रू. २ करोड ३६ लाख २५ हजार बराबरको शेयर निष्काशन गरेको छ।

निष्कासन गरिने कुल शेयर मध्य  शून्य दशमलव ५ प्रतिशत अर्थात् ३ हजार २८१ कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। त्यसतै बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ता शेयर सर्वसाधारणको लागि सुरक्षित गरिएको छ ।

आवेदकले न्यूनतम १० कित्ता शेयर खरीदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि चैत ३० गतेसम्म आवेदन दिन सक्ने छन् ।

साथै उक्त संस्थाको शेयर निष्कासन तथा बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेड रहेको छ । नेपाल एसबिआई मर्चेण्ट बैङ्किङका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र उपकार लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत शारदा कुमारी खत्रीले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक तथा शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओलाई डबल बि माइनस रेटिङ दिएको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाँउछ । आईपीओ  जारि गर्न कम्पनीले २०७८ भदौ १३ मा सेबोनमा निवेदन पेस गरेको थियो ।

कम्पनीको केन्द्रीय  कार्यालय बाँके जिल्लाको कोहलपुर- ११ मा रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस