×
Lagani
Lagani Shiksha gif
बढ्यो सुनचाँदीको मूल्य



सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले बढेर रु एक लाख ९०० तोकिएको छ ।

पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ४०० छ । यसको मूल्य बिहीबार प्रतितोला रु ९९ हजार ८०० थियो ।

Lagani Shiksha gif
sharehubapk बढ्यो सुनचाँदीको मूल्य

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ ले बढेर रु एक हजार ४०० पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९५७ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस