×
Lagani
Lagani Shiksha gif
फेरी सुनको मूल्य तोलाको एक लाख नाघ्यो



सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख ३०० तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला रु ९९ हजार ५०० मा कारोबार भएको पहेँलो धातु आज रु ८०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ८०० छ । यसको मूल्य सोमबार प्रतितोला रु ९९ हजार थियो ।

Lagani Shiksha gif
sharehubapk फेरी सुनको मूल्य तोलाको एक लाख नाघ्यो

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले बढेर रु एक हजार ३९५ पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा महासङ्घले दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९३६ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस