×
Lagani
Lagani Shiksha gif
सामान्य अङ्कले घट्यो नेप्से , यी कम्पनीका लगानीकर्ताले सार्बधिक कमाए।



साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक ३ दशमलव ६६ अंक घटेको छ ।

यस दिन नेप्से सूचक ३.६६ अंकले घटेर २५४३.३९ विन्दुमा आइपुगेको छ । आज दिनभरमा २३० कम्पनीको  २ अर्ब ४९ करोड बराबरको शेयर खरिद बिक्री भएको छ । आज दिनभर ५१ लाख ३९ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको छ।

Lagani Shiksha gif
sharehubapk सामान्य अङ्कले घट्यो नेप्से , यी कम्पनीका लगानीकर्ताले सार्बधिक कमाए।

Screenshot 2022 03 06 151143 सामान्य अङ्कले घट्यो नेप्से , यी कम्पनीका लगानीकर्ताले सार्बधिक कमाए।

कारोबारमा आएका २३० ओटा धितोपत्रमध्ये ५ ओटा धितोपत्रको मूल्य उच्च अंकले घटेको छ। शिवम् सिमेण्ट, रिलायन्स लाइफ इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, युनिभर्सल पावर कम्पनी र पाँचथर पावर कम्पनीको शेयरमूल्य उच्च दरले घटेको छ। यी ५ ओटा कम्पनीमध्ये सबैभन्दा बढी शिवम् सिमेण्टको शेयरमूल्य ७ दशलमव ११ प्रतिशत घटेको छ ।

Screenshot 2022 03 06 154102 सामान्य अङ्कले घट्यो नेप्से , यी कम्पनीका लगानीकर्ताले सार्बधिक कमाए।

कारोबार भएका मध्य अधिकांश कम्पनीहरूको शेयर मूल्य घटेको छ । १५ करोड २२ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा शिवम् सिमेन्ट्स सबैभन्दा अघि छ भने  नेपाल लाइफको १४ करोडभन्दा बढी र अपि पावरको ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

Screenshot 2022 03 06 154047 सामान्य अङ्कले घट्यो नेप्से , यी कम्पनीका लगानीकर्ताले सार्बधिक कमाए।

१३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ।  आज कारोबारमा आएका मध्य मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक ७.८० प्रतिशत बढेको छ भने सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य ४.४८  प्रतिशत बढेको छ । त्यस्तै  नेपाल ल्यूब आयलको शेयरमूल्य ३.९९  प्रतिशत बढेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस