×
Lagani
Lagani Shiksha gif
खारकिभमा प्यारासुटबाट हाम फालेर आक्रमण गर्दै रुसी सेना



रुसी सेना युक्रेनी सहर खारकिभ र किभतर्फ बढिरहेका छन् ।

प्यारासुटबाट झरेर रुसी सेनाले दोस्रो ठूलो सहरको आक्रमण तीव्र पारेको छ । रुसी सेनाले गरेको बम हमलामा दर्जनौं सर्वसाधारण मारिएका छन् । दक्षिणको सानो सहर खेरसन पनि रुसी फौजको हातमा परेको छ ।

Lagani Shiksha gif
sharehubapk खारकिभमा प्यारासुटबाट हाम फालेर आक्रमण गर्दै रुसी सेना

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी हवाई क्षेत्रमा उडानमा रोक लगाएको छ । राष्ट्रपति बाइडेनले भनेका छन्, ‘पुटिनले ट्यांकमार्फत किभलाई घेरा हाल्न सक्छन् तर, उनले युक्रेनी जनताको मुटु र आत्म कहिल्यै प्राप्त गर्ने छैनन् । ’बोइङ र एक्सनमोविलले रुससँगको सम्बन्ध तोडेका छन् । रुससँग सम्बन्ध तोड्ने यी दुई पछिल्ला कम्पनी हुन् । रुसी हमलामा ६ लाखभन्दा बढी मानिसहरुले युक्रेन छोडेर गएको राष्ट्रसंघले जनाएको छ ।

टेलिभिजन टावरमा रकेट हमला, पाँच जनाको मृत्यु :  किभ–दक्षिणी सहर खेरसन रुसी सेनाको हातमा परेका विवरण सार्वजनिक भएका छन् । रुसी सशस्त्र गाडी र सेनाले सडकमा गस्ती गरिरहेको स्थानीय सीसीटीभी भिडियोमा देख्न सकिन्छ ।

किभको उत्तरपश्चिबाट १५ माइल टाढादेखि रुसी बख्तरबन्दको लामले राजधानी किभ घुमिरहेको छ । आज नै देशको सबैभन्दा ठूलो टेलिभिजन टावरमा भएको रकेट हमलामा पाँच जनाको मृत्यु भएको छ । खारकिभमा रुसी सेनाले तोप हमलालाई तीव्र पारेका छन् ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको दोस्रो ठूलो सहरको मुख्य चोकमा मंगलबार भएको रकेट हमलालाई ‘खुलस्त आतंक’ भनेका छन् । ‘कसैले पनि क्षमा दिँदैन् । खरकिभमा गरिएको हमला युद्ध अपराध हो,’ उनले भने । खरकिभमा भएका हमलामा कम्तिमा ११ जनाको मृत्यु र दर्जनौ घाइते भएको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस