×
Lagani
Lagani Shiksha gif
समयमै डिपोजिट नगरेको भन्दै , ४२ नम्बरको धितोपत्र दलाल विरुद्धमा लगानीकर्ता



नेपालमा धितोपत्र कारोबार राफसाफ तथा फर्छ्यौट चक्र T+2 कायम भएको पनि धेरै समय हुन लाग्यो।

यो निएम लागु भएपछि धितोपत्रको खरिद कारोबार गर्ने लगानीकर्ताले आफूले खरिद गरेको धितोपत्र बापतको रकम सम्बन्धित राफसाफ सदस्यलाई T+1 अर्थात् कारोबार भएको मितिको भोलिपल्टै बुझाउनुपर्ने हुन्छ हैन भने जारिवाना लिने गरिन्छ। त्यस्तै शेयर बिक्रि गरेको २ दिन भित्र शेयर ट्रान्सफर नगरे लगानीकर्तालाई २० प्रतिसत जरिवाना लिने गरिन्छ।

Lagani Shiksha gif

यो निएम लागु भएपनि आज भोलि ब्रोकरहरुले लगानीकर्ताहरुलाई विभिन्न बहानामा दुख दिन थालेका छन्। लगानीकर्तालाई ढिला भए जरिवाना तिराउने तर समयमै पैसा नदिने धेरै ब्रोकरको दैनिकी जस्तै बनेको छ ।

प्रवाशमा बस्ने एक लगानीकर्ताले ब्रोकर नम्बर ४२ बिरुद्ध्हा आवाज उठाएका छन् उनले रिक्वेस्ट गरेको ४,५ दिन वितिस्क्दा पनि वास्था नगरेको र लापरबाही गरेको भन्दै लाखौं लगानीकर्ताको भविष्यमाथि खेलवाड नगरी अफिस बन्द गरी घरमैं आनन्दले सुत्न सुझाब दिएका छन्।

उनले लेखेका छन् ” लगानीकर्तालाई भने T+2 अझै कहा कैले within 24 hours भित्र भनेर deadline दिन्छ ब्रोकर लाई चाहि T+18 भईसक्दा पनि बेचेको रकम पाको छैन। ४२ नम्वरको यो सानी सेक्युरीटि नामक ब्रोकरले म लगाएत दक्षिण कोरीयामा अवस्थित काम गर्दै कारोवार गर्ने सबै लगानीकर्तालाई दिनु सम्म दुख दिएको छ, आखिर कैले सम्म दादागिरी यि ब्रोकरहरूको?? कि काम गर्न असमर्थ भएको भए हात खडा गर।

सदा झै २ हप्ता अघि मैले बेचेको शेयरको रकम पाएन।एक हप्ता वितिस्क्दा पनि पैसा नपाउदा अफिसमा कैयौं पटक फोन गरे तर उठेन न त भाईवर ग्रुप छ न त अरू कुनै बाटो। यसो बुझ्दा GME app बाट कारोवार हुने रैछ। मैले पनि GME app मेसेजद्वारा कारोवार गरे, लगातार मेसेजको २,३ दिन पछि रिपलाई आयो तैपनि पाउनु पर्ने रकम तिर्नुपर्ने देखायो। बल्ल बल्ल रिक्वेस्टमा लेजर पाए तर त्यहा मैले तिर्नुपर्ने कारण मेरो शेयर किन्दाको ८० हजार छुटेको रहेछ ।धन्न म संग इन्टरनेट बैंकिङ्ग थियो र प्रमाण दिएर अपडेट भयो नत्र त मैले तिर्न बाध्य हुने थिए।ल जे भयो भयो अव पैसा डिपोजिट गर्दिनुन सर भनि रिक्वेस्ट गरेको ४,५ दिन वितिस्क्दा पनि चालचुलै छैन, कतिसम्मको चरम लापरबाही हो यो ब्रोकरको?? सिमित ब्रोकर असिमित लगानीकर्ता हुदा यि ब्रोकरहरूलाई कुन्नी के को राज्य भनेझैं भाको छ।

८,९ अर्बको कारोवार धान्नै धौं धौं पर्ने ब्रोकरहरु २०,२५ अर्ब कारोवार गर्न सक्ने क्षमता कसरी सम्भव छ?? सबै ब्रोकर लगाएत बिशेष गरी सानी सेक्युरीटिलाई मेरो एउटै सुझाव,अनुरोध छ कि सकिन्छ राम्रो सङ्ग व्यवस्थित तरीकाले सेवा दिनुस,समय मै राफसाफ गर्नुहोस,सकिदैन भने लाखौं लगानीकर्ताको भविष्यमाथि खेलवाड गर्ने अधिकार तपाईहरूलाई छैन, दुबै हात खडा गरी त्यो अफिस बन्द गरी घरमैं आनन्दले सुत्नुहोला। ”

194163573 1187033048410615 5113914369259100378 n समयमै डिपोजिट नगरेको भन्दै , ४२ नम्बरको धितोपत्र दलाल विरुद्धमा लगानीकर्ता

त्यस्तै शेयर बजारका डन भनिने लगानीकर्ता शिव चन्द्रले पनि यो बिषयमा आवाज उठाएका छन्। उनले सामाजिक संजालमा नेपाल धितोपत्र बोर्डलाइ मेन्सन गरि सोहि पोस्ट शेयर गर्दै ” यदि अब कुनै दिन सेयर बजार दुर्घटनामा जान्छ भने;
१। ब्रोकरको कार्य क्षमताले नभ्याएर,
२। नेपाल स्टक एक्स्चेन्जको निम्न स्तरको अनलाईन कारोबार प्रणाली,
३। सिडिएसको अत्यन्तै कमजोर भार बहन क्षमता,
मुख्य कारक हुनेछन्!
Securities Board of Nepal अब पनि आँखा नखोल्ने?
थैन्कु।” लेखेका छन्।

195145104 518761722579113 5331490542173994524 n समयमै डिपोजिट नगरेको भन्दै , ४२ नम्बरको धितोपत्र दलाल विरुद्धमा लगानीकर्ता

त्यस्तै अन्य लगानीकर्ताहरुले पनि यो बिषयमा आवाज उठाएका छन्।

लगानीकर्ताकै कारण दिनमा करोडौ कमाउने ब्रोकर कम्पनीले लगानीकर्तालाई दुख दिनु गलत हो। आफुले बेचेको शेयरको पैसा समयमै पाउनुपर्ने लगानीकर्ताको अधिकार हो। त्यसैले लगानीकर्तालाई जस्तै धितोपत्र दलाललाई पनि उस्तै निएम लागु हुनु पर्छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस