×
Lagani
Lagani Shiksha gif
आइएमइले आईपीओ निस्कासन गर्दै , कहिले होला त निस्कासन ?



देशकै सबैभन्दा पूरानो र ठूलो रेमिट्यान्स सेवा प्रदायक कम्पनी इन्टरनेशनल मनि एक्सप्रेस (आइएमइ) ले सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ ।

आइपीओ निष्काशन गर्नका लागि प्रक्रिया शुरु गरिएको आइएमइका प्रवन्ध निर्देशक हेमराज ढकालले जानकारी दिए । आगामी आर्थिक वर्ष २०७८/७९ भित्र आइपीओ जारी गर्ने गरी काम अघि बढाइएको उनले बताए । ‘आगामी आर्थिक वर्षभित्रै आइपीओ जारी गर्ने गरी काम गरिरहेका छौं,’ ढकालले क्लिकमाण्डूसँग भने ।

ढकालका अनुसार आइपीओ संभवत बुक बिडिङ विधिमार्फत् निष्काशन हुनेछ । बुक बिडिङ प्रणालीमार्फत आइपीओ जारी गर्दा १०० रुपैयाँमा किन्न पाइँदैन । हाल आइएमइको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ । कम्तिमा १० देखि ३० प्रतिशतसम्म आइपीओ निष्काशन गर्ने ढकालले सुनाए । ‘कम्तिमा १० देखि बढीमा ३० प्रतिशतसम्म आइपीओ निष्काशन गर्छौं,’ ढकालले भने । आइएमइले २० वर्षदेखि रेमिट्यान्स सेवा प्रदायकको काम गर्दै आएको छ ।

३ वर्षअघि पब्लिक कम्पनीमा रुपान्तरण भइसकेको आइएमइ नेपालकै ठूलो र लोकप्रिय कम्पनी हो । धेरै डलर भित्र्याएको भन्दै सरकारले आइएमइलाई सीआइपी सम्मानबाट सम्मानित गरिसकेको छ । आइएमइले वार्षिक ३ खर्ब रुपैयाँको हाराहारीमा विदेशबाट नेपाल रेमिट्यान्स भित्र्याउँदै आएको छ । आइएमइ ग्रुपले आफ्नो लगानीमा भएका निजी कम्पनीहरुलाई धमाधम पब्लिक कम्पनीमा रुपान्तरण गर्दै आइपीओ जारी गरिरहेको छ ।

व्यवसायलाई पारदर्शी र उत्तरदायी बनाउने रणनीतिअनुसार निजी कम्पनीलाई पब्लिक बनाइएको ढकालले जानकारी दिए । आफूहरुले आफ्नो मात्रै फाइदा नहेरेर आम सर्वसाधारणलाई स्वामित्व र नाफा बाँड्ने मोडालिटीमा बिजनेश अघि बढाउने रणनीति अनुसार काम गरिरहेको ढकालले जानकारी दिए ।

‘कुनै पनि ब्यवसायमा आम सर्वसाधारणको अपनत्व भयो भने सबैको हित मात्रै हुँदैन, त्यो बिजनेशको पनि ग्रोथ हुन्छ,’ उनले भने, ‘हामी हजारौं सर्वसाधारणलाई कम्पनीको मालिक बनाएर उहाँहरु सँगसँगै अघि बढ्न चाहन्छौं ।’ ३ दशकअघि देख शुरु भएको आइएमइ ग्रुप अहिले नेपालका केही ठूला व्यापारिक घरानामध्येको एक हो । छोटो समयमै उल्लेख्य प्रगति गरेको यो समूहले अहिलेसम्म हात हालेका क्षेत्रमा सफलता मात्रै हासिल गरेको छ । आइएमइ ग्रुपको अध्यक्षमा व्यवसायी चन्द्र ढकाल छन् । ढकाल निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष हुन्. क्लिकमाण्डू बाट

यो पनि पढ्नुहोस :

रुरु जलविद्युत परियोजनाले चैत्र २० गतेदेखि सर्बसाधारणलाई दोस्रो चरणको आईपिओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले निस्कासन गर्ने कुल ४ लाख ७ हजार ७ सय ६ कित्ता ८ हजार १ सय ५४ कित्ता कम्पनीका कर्मचारीलाई, र २० हजार ३ सय ८५ कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको छ । बाँकि रहेको ३ लाख ७९ हजार १ सय ६७ कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।Screenshot 2021 03 27 080254 आइएमइले आईपीओ निस्कासन गर्दै , कहिले होला त निस्कासन ?

कम्पनीले अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता १२० रुपैयाँमा यी शेयर बिक्रि गर्ने भएको छ  । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्ढाहरूको लागि निष्काशन गरिएको साधारण शैयरको बाँडफाँड तथा फिर्ता भुक्तानी गरिसकेको छ।Screenshot 2021 03 27 080321 आइएमइले आईपीओ निस्कासन गर्दै , कहिले होला त निस्कासन ?

आयोजनाबाट प्राप्त हुने आयमा १० बर्ष (आ.व. २०८१/२०८२ सालसम्म) आयकर छुट तथा सो पश्चात्‌ ५ वर्षको लागि ५० प्रतिशत आयकर छुट प्राप्त भएको हुँदा लाभांश दर बढी रहेको कम्पनीले जनाएको छ । कम्पनीसंग दक्ष युवा जनशक्ति रहेकोले यो कम्पनी नेपालमा जलविद्युत आयोजनाको विकास र मिर्माणको काममा सफल साथै जलविद्युतको क्षेत्रमा अध्ययन अनुसन्धान तथा विकास कार्यमा योजनाबद्ध ढंगले समर्पित भएर काम गरिरहेको यस कम्पनीको भविष्य उज्ज्वल रहेको कम्पनीले जनाएको हो।

Screenshot 2021 03 27 080404 आइएमइले आईपीओ निस्कासन गर्दै , कहिले होला त निस्कासन ?

रू रू जलविद्युत परियोजना लिमिटेडको आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका स्थानीय बासिन्दाहरूलाई रू.१००|- अंकित दरका ४,०७,७०५ कित्ता साधारण शेयरहरू एनएमबि क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा मिति २०७७/११/०७ गतेदेखि मिति २०७७/११/२१ गतेसम्म बिक्री खुल्ला गरिएकोमा सो अवधी भित्र रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरूलाई बाँडफाँड सम्बन्धी प्रचलित कानून बमोजिम उक्त कम्पनीको ४,०७,७०५ कित्ता साधारण शेयरहरू मिति २०७७/१२/९ गते सोमबार बाँडफाँड गरेको छ ।

Screenshot 2021 03 27 080928 आइएमइले आईपीओ निस्कासन गर्दै , कहिले होला त निस्कासन ?

कम्पनीको आईपीओलाई इक्रा नेपालले ग्रेड–३ रेटिङ प्रदान गरेको छ ।कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस