×
Lagani
Lagani Shiksha gif
निफ्राले नेप्सेलाई दियो जवाफ , अब लगानीकर्ता मालामाल ।



केही महिना अघि इतिहासकै सर्वाधिक ठूलो आईपीओ जारी गरी कारोबार शुरू भएको नेपाल पूर्वाधार बैंक (निफ्रा)लाई नेपाल स्टक एक्सचेन्ज नेप्सेले स्पष्टिकरण मागेको थियो  ।

निफ्राले आज नेप्सेलाई सो को जावाफ दिएको छ। बजार मूल्य बढाउने गतिविधि गरेको भन्दै निफ्रासँग स्पष्टिकरण मागिएको हो ।निफ्राले १० प्रतिशत लाभांश बाढ्न लागेको र लण्डन स्टक एक्सचेन्जमा ३० मिलियन डलरको बण्ड सूचीकरण गर्न लागेको बारे उक्त कम्पनीका अधिकारीलाई उदृत गर्दै समाचारहरु मिडियामा आएका थिए।

Lagani Shiksha gif
sharehubapk निफ्राले नेप्सेलाई दियो जवाफ , अब लगानीकर्ता मालामाल ।

निफ्राले दिएको जवाफ :

महोदय,

ताहाँको पत्र संख्या ०७७. ७८ चलानी नं. १०६१, मिति २०७७,/१२/०४ को पत्र प्राप्त भई व्यहोरा अबगत भयो । नेपाल इन्फ्रास्ट्क्चर
वैंक लिमिटेडले ३० मिलियन डलरको बण्ड ल्याउने, लण्डन स्टक एक्चेन्जमा सूचिकत हने शिर्षकमा कनै एक अनलाईन पत्रिकामा
प्रकाशित समाचार सम्बन्धमा सत्य तथ्य के हो ? लगायत उक्त पत्र मार्फत बैंकलाई सोधनी भएका विषयवस्तुहरुमा देहाय बमोजिम
स्पप्टिकरण पेश गरेका छौं ।

वैंकले ३० मिलियन डलरको बण्ड जारी गर्ने विषय बैंकको रणनीति भित्रकै एक हिस्सा रहेको र बैंकले आफ्ना वार्षिक प्रतिवेदनहरु र
साधारण शेयर निष्काशनको लागि तयार गरिएको विवरणपत्रमा समेत यस अघि नै खुलस्त पारिसकेको विषय हो । नेपाल स्टक एक्स्चेन्ज
लि.मा वैंकको शेयर सूचिकरण हुन्‌ अगाबै बण्ड जारी गर्न प्र्॒चालत व्यवस्था बमोजिम बैंकले सम्बन्धित नियमनकारी निकायबाट लिनुपर्ने
केही सहमती – स्वीकैतिहरु लिइसकिएको जानकारी गराउँछौं । साथै, यसलाई अन्तिम रुप दिन चाहिने थप सहमती , स्वीकतिहरु लिदै
षथासक्य छिटो तोकिएका व्याजदरमा बण्ड जारी गर्ने र सम्बन्धित स्टक एक्वेन्जमा सूचिकृत गराउने गरी बैक अघि बढिरहेको स्पप्ट
पार्दछौं ।

लाभाशको सम्बन्धमा, वैंकले आफ्नो सार्वजनीक शेयर तिप्काशनको क्रममा प्रकाशित गरेको विवरणपत्रमा आव. २०७७. ७८ मा दफ,
लाभाश वितरण गर्ने प्रश्षरण रहेको जानकारी गराउँछौं । लाभांस वितरण सम्बन्धी निणय संचालक समितिको बैठक, सम्वन्धित
नियमनकारी निकायहरुको स्वीर्कात एवं वार्षिक साधारण सभाको निर्णय मार्फत मात्र हुने हुँदा यस विषयमा सोही अनुरुप हुने व्यहोरा
स्पप्ट पार्देछौं ।

यस वकने दीर्घकालिन पूर्वाधार परियोजनाहरुमा लगानी गर्न मुलत: क्रणपत्र (बण्ड,डिबेञ्चर) जारी गरी स्रोत संकलन गर्ने मुख्य उद्देश्य
लिएको छ । सोही अनुरुप जारी गर्ने क्रणपत्रहरुको प्रकृती तथा लगानीकताका किसिम भिन्न भिन्त हुन सक्ने हँदा यस बैंकले अन्य बैंक
तथा वित्तीय संस्थाहरु, इन्स्योरेन्स कम्पनीहरु लगायतका संस्थागत लगानीकर्ताहरुलाई उपयुक्त हने भ्रणपत्रहरु जारी गर्ने, संस्थागत
लगानीकता सित्रयाउने सम्वन्धमा प्रारम्भिक अध्ययन अगाडी बढाएको छ । साथै, यी विषयहरु बैंकले आफ्ना वार्षिक प्रतिवेदनहरु र
साधारण शेयर तिष्काशतको लागि तयार गरिएको विवरणपत्रमा समेत उल्लेख गरिसकेको छ ।

वैंकको शेयर मुल्यमा प्रभाव पार्ने विपयहरुमा बैंक सजग रहेको हुँदा यस बैंकले गर्ने कार्यहरु तथा प्रदान गरिने सूचनाहरुको पहंच
सवंसाधारण लगानीक्ताँहरु तथा यसं संस्थासंग पत्यक्ष तथा परोक्ष रुपमा चासो राख्ने सम्पूर्ण महानुभावहरुमा आधिकारिक रुपमा
पन्याउने उद्देश्यले यस बैंकले त्वीटर , बैंकको आधिकारिक इमेल, सम्पर्क फोन नं. सहितको विवरण खुलाई मिति
२०७७/१२/०३ का पत्र मार्फत यहालाई जानकारी गराईएको व्यहोरा सम्ेत अनुरोध गर्दछौं ।

धन्यवाद । |

99730fb27c63f7dc099b2193ed344500 page 001 scaled निफ्राले नेप्सेलाई दियो जवाफ , अब लगानीकर्ता मालामाल ।

नेप्सेले सोधेको प्रस्न

‘उक्त समाचार के कति मात्रामा सत्य हो? निफ्राले रणनीतिक साझेदार भित्राउने विषयमा कोसँग कस्तो छलफल भइरहेको छ? कम्पनीले बैंक तथा वित्तीय संस्था र इन्स्योरेन्स कम्पनीहरूले खरिद गर्ने भनिएको बण्डको सम्बन्धमा के कति मात्रमा छलफल अघि बढाएको हो?’, स्पष्टिकरण पत्रमा भनिएको छ, ‘कम्पनीको मुनाफाबाट १० प्रतिशत लाभांश वितरण गर्नेजस्ता धितोपत्रको मुल्यमा प्रभाव पार्ने संवेदनशील सूचना तथा जानकारी सम्बन्धित निकायमा जानकारी गराउन नआउँदै के कति कारणले यस्तो प्रचार गरिएको हो?’

रणनीतिक साझेदार भित्र्याउने विषयमा कोसँग के कस्तो छलफल भएको, इन्सुरेन्स कम्पनीहरुले खरिद गर्ने भनिएको इन्सुरेन्स बन्ड, कम्पनीको नाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने जस्ता धितोपत्र मूल्यमा प्रभाव पर्ने संवेदनशील सूचना प्रचार गर्नुको कारण बताउन नेप्सेले निर्देशन दिएको छ । नेप्सेले ३ दिन भित्र स्पष्टीकरण पेश गर्न निफ्रालाई भनेको छ ।

बैंकले माघ २ गते देखि ६ गते सम्म जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । त्यस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारण लाई निष्काशनमा ल्याएको थियो ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर ५० कित्तासम्म माग गर्नेलाई माग अनुसार नै बाडफाड गरेको थियो । आबेदन गर्ने सबैलाई ५० कित्तासम्म बाँडफाँड गरी बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता शेयर गोलाप्रथाबाट ५० कित्ता भन्दा बढी आवेदन गर्ने ४ लाख ९२ हजार ७२ जनालाई थप १० कित्ता दरकाले बाँडफाँड गरेको हो।

८ अर्ब रुपैयाँ बराबरको आईपीओ बाँडफाँट पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुगेको छ। बैंकको शेयरमा धेरै लगानीकर्ताको ध्यान रहेको र केहि ठुला लगानीकर्ताले चलखेल गरि मूल्य घटाउन खोजेको केहि लगानीकर्ताको बुझाइ रहेको छ।निफ्राले आईपीओ निष्कासनका लागि यही मंसिर ८ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । बोर्डले निवेदनबारे अध्ययन गरी मंसिर २४ गते बैङ्कलाई आवश्यक जिज्ञासा पठाएको थियो । बोर्डले पठाएका जिज्ञासाको बारेमा जवाफ प्राप्त भएपछि बोर्डले पुस १० गते बैङ्कको आईपीओ र विवरणपत्रलाई अन्तिम स्वीकृति दिएको थियो ।

 

Untitled 4 निफ्राले नेप्सेलाई दियो जवाफ , अब लगानीकर्ता मालामाल ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस