×
Lagani
Lagani Shiksha gif
आजको बजार समिक्षा , ४३ अङ्कले बढ्यो नेप्से



रासस :लगातार केही दिनपछिको ‘करेक्सन’पछि धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झण्डै ४३ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४२.९५ अङ्कले वृद्धि भई दुई हजार ४७५.०९ मा पुगेको छ ।

Screenshot 2021 03 18 183623 आजको बजार समिक्षा , ४३ अङ्कले बढ्यो नेप्से

Lagani Shiksha gif
sharehubapk आजको बजार समिक्षा , ४३ अङ्कले बढ्यो नेप्से

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.५५ ले वृद्धि भई ४४४.१५ मा पुगेको छ । आज कूल २१३ कम्पनीका एक करोड १६ लाख ५७ हजार ९७५ कित्ता शेयर रु चार अर्ब ६६ करोड १७ लाख ९२ हजार १८७ मा कारोवार भएको छ । आजको कारोवारपछि बजार पूँजीकरण रु ३४ खर्ब १७ अर्ब ३४ करोड ४७ लाख २० हजार पुगेको छ । कारोवार भएका १३ उपसमूहमध्ये व्यापार उपसमूहबाहेक अरु सबैको शेयर मूल्यमा वृद्धि भएको छ ।

Screenshot 2021 03 18 183653 आजको बजार समिक्षा , ४३ अङ्कले बढ्यो नेप्से

बैंकिङ २६.११, होटल तथा पर्यटन ११२.८८, विकास बैंक २४.३७, जलविद्युत् ३.१५, वित्त १४.१५, निर्जीवन बीमा १९१.०८, उत्पादन १६२.१३, अन्य ४१.१३, लघुवित्त १०२.१३, जीवन बीमा ४१५.४७, सामूहिक लगानी कोष ०.०६ र लगानी उपसमूहको शेयर १.९५ ले वृद्धि हुँदा व्यापार भने ३९.६ ले घटेको छ । Screenshot 2021 03 18 183714 आजको बजार समिक्षा , ४३ अङ्कले बढ्यो नेप्से

कारोवार रकमका आधारमा नेपाल बङ्गलादेश बैंक शीर्ष स्थानमा रह्यो ।सो बैंकको रु ७७ करोड तीन लाख १८ हजार ७९० बराबरको कारोवार भयो । यस्तै नेपाल पूर्वाधार बैंकको रु २१ करोड ६६ लाख ९५ हजार २७८, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु १३ करोड ४४ लाख ९५ हजार ८६६, नेपाल पुनःबीमा कम्पनीको रु १२ करोड ३६ लाख ५६ हजार १६६, माथिल्लो तामाकोशीको रु १२ करोड १२ लाख ८३ हजार १७७, नेको इन्स्योरेन्सको रु ११ करोड २९ लाख ६३ हजार १५५ र नवील बैंकको रु ११ करोड २४ लाख ४६ हजार बराबरको कारोवार भयो ।Screenshot 2021 03 18 183944 आजको बजार समिक्षा , ४३ अङ्कले बढ्यो नेप्से

युनाइटेड इदिमर्दी हाइड्रोपावर र ग्रीन लाइफ हाइड्रोपावरका लगानीकर्ताले समान १० प्रतिशतले कमाउँदा चन्द्रागिरि हिल्स लिमिटेड ९.९६, नेपाल बङ्गलादेश बैंक ९.७५, शिवश्री हाइड्रोपावर ७.०३ र नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६.४८ प्रतिशतले कमाए । यस्तै जोशी हाइड्रोपावरका लगानीकर्ताले ६.८५ प्रतिशतले गुमाए ।Screenshot 2021 03 18 183731 आजको बजार समिक्षा , ४३ अङ्कले बढ्यो नेप्से

आँखुखोला जलविद्युत् कम्पनी ६.३३, दिव्यश्वरी हाइड्रोपावर ५.३४, खानीखोला हाइड्रोपावर ५.००, रैराङ हाइड्रोपावर डेभलपमेन्ट ४.५५ र युनियन हाइड्रोपावरका लगानीकर्ताले ४.४१ प्रतिशतले गुमाए ।Screenshot 2021 03 18 183745 आजको बजार समिक्षा , ४३ अङ्कले बढ्यो नेप्से

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस