NWCL 750 2 NICLBSL 658.2 -3.8 ULBSL 1407 27 MMF1 7.03 -0.07 SMATA 726 -12 H8020 8.55 -0.06 RURU 560.7 -62.3 MEL 230.4 -3.6 RADHI 234 -2.5 SHINE 368 -1.8 MLBBL 1079.9 11.9 GCIL 484 -0.1 BFC 349.9 -5.1 SPDL 238.9 -0.1 NIL 805 1 NMBD87/88 1015 35 NLIC 590.8 -4.2 BPCL 298.9 0.9 SHLB 1315 -6 FMDBL 611.6 -4.4 GLBSL 1825 -70.4 SPIL 737.7 -11.2 CHDC 810 -2 NBLD87 981 0 SCB 516.2 0.2 SNLI 588.9 -0.1 JALPA 1275 0 PROFL 318 -3 NICSF 8.78 -0.16 HHL 377.2 -7.8 MHNL 235 -1.9 RAWA 470.4 -7.7 SWMF 750 4 BGWT 619 -3 SLCF 7.81 0.01 CBLD88 1114.2 64.2 MDB 427 3.9 PRSF 8.55 -0.14 EDBL 360 -5 MBL 171.7 0.6
×
बैतडीमा टिप्पर दुर्घटना : तीन विद्यार्थीसहित चार जनाको मृत्यु



बैतडीको पाटन नगरपालिका-३ झालीमालीमा सोमबार टिप्पर दुर्घटना हुँदा तीन जना विद्यार्थीसहित चार जनाको मृत्यु भएको छ ।

पाटन-३ मा रहेको सिगास मावि गौरीशंकर पोखरीका विद्यार्थी बोकेर पाटन-३ कै धुरातर्फ काठ लोड गर्न गइरहेको बा३ख ४८७९ नम्बरको टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पाटन ३ का ४५ वर्षीय जनक राज पन्त, सिगास माविमा अध्ययनरत पाटन ३ कै १२ वर्षीय ज्ञानु विष्ट, १७ वर्षीय ललित अवस्थी र १२ वर्षीय राजेशप्रसाद पन्त रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख राजेश शाहीले जानकारी दिए ।

दुर्घटनामा परी ४ जना घाइते भएका छन् । वडा नम्बर ३ कै १२ वर्षीय सुनिल भट्ट, १२ वर्षीय अमृत विष्ट, १३ वर्षीय सुदीप पन्त घाइते भएका छन् । टिप्परमा चालकसहित ९ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । साँघुरो सडकका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।

टिप्पर सडकबाट करिब २ सय मिटर तल खसेको छ । चालक फरार रहेका छन् । घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यालय पाटनका  इन्चार्ज राजेश शाहीका अनुसार टिप्परलाई फर्काउने क्रममा दुर्घटना भएको बुझिएको छ । एउटै वडाका तीन जना विद्यार्थीको मृत्यु भएपछि गाउँनै शोकमा डुबेको छ ।

बिहान पढ्न विद्यालय गएका छोराहरू घर नर्फिएपछि गाउँनै शोकमा डुबेको सिगास माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका डम्बरदत्त पन्तले बताए ।

Sab bokeko बैतडीमा टिप्पर दुर्घटना : तीन विद्यार्थीसहित चार जनाको मृत्यु

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस