×
आज/भोलि नै सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं, एमालेसँग मिलेर एमसीसी फेल गराउँछौं : नारायणकाजी श्रेष्ठ



नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले आफ्नो पार्टी सरकारबाट बाहिरिने घोषणा गरेका छन् ।

उनले सरकारलाई दिएको समर्थन पनि आज/भोलिभित्रै फिर्ता लिईने बताए ।आज राति ८ः०० बजे प्राइम टिभीबाट प्रसारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले आफूले हिजै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सरकारबाट बाहिरिनुपर्ने सल्लाह दिएको स्मरण गराए । तर, आज/भोलि नै संसदीय दलको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी भएको उनले खुलासा गरे । एमसीसी जसरी पनि फेल गराउनेगरि आफूहरु अघि बढेको पनि उनको टिप्पणी छ ।

उनले नेकपा (एमाले) सँग फेरि माओवादी केन्द्रको सहकार्य हुनसक्ने पनि विश्वास दिलाए । यसको लागि अहिले अध्यक्ष केपी शर्मा ओलीलगायत एमालेका नेताहरुसँग छलफल भैरहेको उनले जनाए । उनले आफूहरुले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा अल्पमतमा पर्ने पनि बताए।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर
2 3

ताजा समाचार

लोकप्रिय
सिफारिस