×
Lagani
Lagani Shiksha gif
धितोपत्र बोर्ड अध्यक्ष रमेश हमालद्वारा पदभार ग्रहण , भने साना लगानीकर्ताको हितमा काम गर्ने छु।



नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले पदभार ग्रहण गर्नु भएको छ ।

आइतबार हमालले पूँजीबजारको नियमनकारी निकाय धितोपत्र बोर्डको कार्यालय खुमलटारमा पुगेर पदभार ग्रहण गर्नु भएको हो । पदभार ग्रहणगर्दै अध्यक्ष हमालले साना लगानीकर्तालाई बचाउने उद्देश्य लिएर बोर्डमा आएको बताउनु भएको छ ।

Lagani Shiksha gif
sharehubapk धितोपत्र बोर्ड अध्यक्ष रमेश हमालद्वारा पदभार ग्रहण , भने साना लगानीकर्ताको हितमा काम गर्ने छु।

उहाँले साना लगानीकर्ताको हितमा काम गर्ने प्रतिबद्धता समेत जनाउनु भयो । अध्यक्ष हमालले शेयर बजारलाई स्वाच्छ र पारदर्शी रुपमा विकास गराउन र सबैलाई एउटै प्रकारको नियमन गर्ने नियमकको भूमिका आफूले निभाउने बताउनु भयो । उहाँले भन्नुभयो,‘शेयर बजारको चिन्ता भएर नै धितोपत्र बोर्डमा आएको हो ।

यो शेयर बजारलाई कसरी स्वस्छ रुपमा वृद्धि गर्ने, शेयर कारोबारमा स्वच्छ कारोबार होस् । टान्सफरेन्सी होस्, सबैलाई एउटै किसिमको नियमनकारी भूकिका होस् ।

नियमन निकाय नियमन निकाय जस्तो होस् । कसैले अन्यायमा पर्नु नपरोस्। सबैभन्दा ठूलो कुरा साना लगानीकर्ता मर्का नपरोस्, साना लगानीकर्तालाई नबचाउने मार्केटको कहिले पनि दिगो रुपमा विकास हुन सक्दैन । मेरो मुख्य उदेश्य भनेकै साना लगानीकर्तालाई कसरी बचाउने, उनीहरुको लगानी जोखिममा नपर्ने गरी काम गर्ने नै सबैभन्दा ठुलो उदेश्य हो

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस