×
Lagani
Lagani Shiksha gif
पाँचखाल स्मार्ट सिटी बनाउन नेपाल इन्फ्रास्ट्रक्चर बैंक र सिंगापुरको एसएमईसी इन्टरनेशनलबीच सहमती



नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को लगानी पहलमा काभ्रेको पाँचखालमा ‘स्मार्ट सिटी’ विकास गरिने भएको छ।

पाँचखाल नगरपालिकामा स्मार्ट सिटीको विकास गर्ने प्रयोजनको लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र सिंगापुर स्थित सुरबाना जुरोङ समूहको सदस्य एसएमईसी इन्टरनेशनल प्राइभेट लिमिटेडबीच मंगलबार एक समझदारीमा हस्ताक्षर सम्पन्न भएको छ।

Lagani Shiksha gif
sharehubapk पाँचखाल स्मार्ट सिटी बनाउन नेपाल इन्फ्रास्ट्रक्चर बैंक र सिंगापुरको एसएमईसी इन्टरनेशनलबीच सहमती

करिब ४५ सय रोपनी क्षेत्रफलमा ‘स्मार्ट सिटी’ विकास गरिने छ। यसभित्र पूर्वाधार विकासका लागि करिब साढे दुई अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले पनि स्मार्ट सिटीका लागि पाँचखाल नगरपालिकासँग कुराकानी भएको पुष्टि गरे। उनले अहिले नै कसरी विकास गर्ने? कस्तो लगानी मोडेल हुने? कति खर्च लाग्ने? केही टुंगो नभएको बताए। ‘एकदमै प्रारम्भिक चरणको कुराकानी मात्र हो,’ उनले भने।

निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र एसएमईसीका कन्ट्री हेड सलिम जहाँ फहिमले आ-आफ्नो कम्पनीको प्रतिनिधित्व गर्दै निफ्राको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

४५ सय रोपनीमा विकास गर्न लागिएको स्मार्ट सिटीमा साढे ६ सय रोपनी जग्गा पाँचखाल नगरपालिकाले आफ्नो स्वामित्वबाट उपलब्ध गराउने छ। बाँकी जमिन स्थानीयको हुने छ। प्रारम्भिक अनुमान अनुसार, साढे २ सय रोपनी जग्गाबाट खर्च धान्छ। स्थानीयले उपयोग गर्ने, सार्वजनिक पार्क तथा पूर्वाधार छाडेर उब्रिने जग्गाबाट लगानी उठ्ने अनुमान गरिएको छ।

निफ्राले सहकार्यका दौरान एसजेलाई आवश्यक सहजीकरण गर्नेछ। त्यस्तै निफ्राले स्मार्ट सिटी विकासका लागि अन्य सरोकारवालाहरू सँगको समन्वयमा निफ्राको अगुवाइमा आवश्यक लगानी जुटाउने कार्य गर्ने भएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस