×
Lagani
Lagani Shiksha gif
किम जोङ इलको जन्म दिनमा फूल नफुलेपछि मालीलाई कारबाही



उत्तर कोरियाका तत्कालिन तानाशाह किम जोङ इलको जन्म दिनको पूर्वसन्ध्यामा उनको नाममा राखिएको एउटा फूल नफुलेको भन्दै दुई जना मालीलाई सजाय दिइएको छ ।

किम जोङ इलको नाममा राखिएको रातो फूल किमजोङइला नफक्रिएको भन्दै उनीहरुलाई ६ महिना श्रम शिविरमा पठाइएको हो ।

Lagani Shiksha gif
sharehubapk किम जोङ इलको जन्म दिनमा फूल नफुलेपछि मालीलाई कारबाही

उत्तर कोरियाले हरेक १६ फेब्रुवरीमा इलको जन्म दिन मनाउँछ । यस दिनलाई उत्तर कोरियामा डे अफ साइनिङ स्टारसमेत भनिन्छ । र, यसलाई देशकै सबैभन्दा ठूलो पर्वको रुपमा प्रचार गरिन्छ ।

परम्परागत रुपमा उत्तर कोरियाली सहरका सडकहरुमा इलको जन्म दिन अगाडि रातो फूलले सजाइन्छ । तर, यो वर्ष किमजोङइला इल फूल हुर्काउन ग्रीनहाउसमा उचित तापक्रम र आद्रता मिलाउन नसकेको मालीमाथि आरोप छ । उत्तरी प्रान्त रयाङग्याङको सामसु कन्ट्रीस्थित एउटा फार्मका प्रबन्धक पक्राउ परेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस