×
Lagani
Lagani Shiksha gif
दोब्बर हुने लोभमा ‘आइएनएस भिडियो पुस’मा लगानी गरेका नेपालीको अर्ब डुब्यो



सन् २००६ मा रिलिज भएको बलिउड फिल्म ‘फिर हेरा फेरि’ तपाईं हामी अधिकांशले पक्कै हेरेको हुनुपर्छ ।

चलचित्रमा अक्षय कुमारले अभियन गरेको पात्र राजुलाई एकदिन अनुराधा लक्ष्मी चिट फन्ड नामक कम्पनीबाट फोन आउँछ । फोनसँगै पैसा कमाउने गज्जबको अफर पनि आउँछ ।

Lagani Shiksha gif
sharehubapk दोब्बर हुने लोभमा ‘आइएनएस भिडियो पुस’मा लगानी गरेका नेपालीको अर्ब डुब्यो

२१ दिनमा पैसा डबल !

अर्थात् जति पैसा लगानी त्यसको ठ्याक्कै २१ दिनमा दोब्बर । तर एउटा शर्त हुन्छ, पैसा कम्तीमा १ करोडदेखि १० करोडको बीचको हुनुपर्छ । राजु आफूसँग भएको केही बचत र ऋणको जोहो गरेर १ करोड लगानी गर्छ । तर २१ दिनमा पैसा डबल हुनु त परै जाओस कम्पनी कैयनसँग पैसा उठाएर भागिसकेको हुन्छ ।

चलचित्रको यो दृश्यसँग ठ्याक्कै मेल खाने घटना हालै नेपालमा पनि भएको छ । तर यहाँ पैसा २१ दिनमा होइन १ महिनामा डबल हुने भन्दै करोडौं रुपैयाँ ठगी गरिएको छ ।

एक महिनामै पैसा डबल हुने लोभमा परेर आइएनएस भिडियो पुस कम्पनीमा लगानी गरेका हजारौं नेपालीहरुको १ अर्ब रुपैयाँभन्दा बढी रकम डुबेको छ । पिरामिड शैलीको यो कम्पनीमा लगानी गरेका लगानीकर्ताले पछिल्लो ४ दिनदेखि भुक्तानी पाएका छैनन् । कम्पनीले नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सीमार्फत् भुक्तानी गर्ने गर्दै आएको थियो । यसका लागि कम्पनीले बाइन्यान्स एप प्रयोग गरेको थियो ।

आइएनएसमा लगानी गर्नेहरु चिनजानका व्यक्तिले पैसा कमाएको सुनेको आधारमा लगानी गरेका हुन् । यसको वास्तविक लगानी र कम्पनीको बारेमा लगानीकर्ता भने अनभिज्ञ छन् ।

कम्पनीमा पहिले लगानी गर्नेहरुले नेपालबाटै भुक्तानी गरेर पैसा तिरेका छन् । त्यसपछि कम्पनीको नाममा क्रिप्टोकरेन्सीका रुपमा पैसा भुक्तानी गएको छ । कम्पनीले भुक्तानी समेत क्रिप्टोकरेन्सीमा दिने गरेको थियो । कम्पनीमा लगानी गर्नेहरुले गैरकानूननी तरिकाले पैसा लगानी गरेका हुन् ।

आफ्ना साझेदार साथीले एक महिनामा पैसा डबल बनाएको खबर सुनेपछि नेपालगञ्जका सुदीप (नाम परिवर्तन)ले शुरुमा १ लाख ५ हजार रुपैयाँ लगानी गरे । कम्पनीले यसका लागि भी ३ भन्ने प्याकेज उपलब्ध गराएको थियो ।

साथीले पैसा कमाएको सुनेर लगानी गरेका सुदीपले लगानी गरेको १ लाख दोब्बर हुनु त छाडौं त्यो पैसा पनि डुब्यो ।उनका अनुसार यसरी आइएनएस भिडियो पुस लगानी गर्नेहरुमा व्यक्ति, व्यवसायी, बैंकर, सरकारी कर्मचारी, सुरक्षा निकायका कर्मचारीका साथै अति विपन्न सर्वसाधारण समेत छन् ।

क्लिकमाण्डूको सम्पर्कमा आएका लगानीकर्ताहरुका अनुसार नेपालभर करिब १ अर्ब रुपैयाँ बराबरको लगानी यस्तो नेटवर्किङ व्यवसायमा भइसकेको छ ।

किराना पसल चलाउने रमेश आचार्य पसलमा आउने व्यक्तिहरुले पैसा कमाएको देखेर १७ हजार लगानी गरेका थिए । जुन डुबेको छ । ‘एक महिनामा पैसा डबल हुन्छ भनेर पैसा लगानी गरेको १७ हजार डुब्यो,’ आचार्यले भने ।

डेढ महिनाअघि १ लाख लगानी गरेर पैसा दोब्बर पारेका टेड्रिङ व्यवसायी महेश पौडेलले १० लाख रुपैयाँ फसाएका छन् ।‘एक महिनामा १ लाख लगानी गरेको डबल भयो, त्यसपछि १० लाख लगानी गरेको ५ लाखभन्दा बढी डुबेको छ,’ उनले क्लिकमाण्डूसँग भने ।

गैर कानूनी काम भएको हुँदा सार्वजनिक हुन नसकेको र उजुरी गर्न नसकिनएको पौडेल बताउँछन् । बुटवलमा व्यवसाय गर्ने पौडेलका अनुसार बुटलल क्षेत्रमा मात्र यस्तो नेटवर्किङ व्यवसायमा ५० लाखसम्म लगानी गर्ने व्यवसायी उनले चिनेका छन् । ‘इज्जत जाने डर तथा गैरकानूनी काम भएको हुँदा यसरी ठूलो लगानी गर्नेहरु खुल्न सक्दैनन्,’ पौडेलले क्लिकमाण्डूसँग भने ।

पिरामिड शैलीको नेटवर्किङ बिजनेशमा आफूभन्दा तल मेम्बर थप्दा थप प्वाइन्ट आउँछ ।

फ्रेबुअरी ७ तारिखमा कम्पनीले आगामी १३ फ्रेबुअरीमा कम्पनीमा २० प्रतिशतले शुल्क बढ्ने जानकारी गराएको थियो । कम्पनीमा लगानी गरेर कमाइ भएको देखेका लगानीकर्ताले २० प्रतिशत शुल्क बढ्ने भएपछि थप लगानी गरेका थिए ।

कम्पनीको ग्रुपमा हेर्दा नेपालभरबाट करिब १ अर्बजति लगानी भएको अनुमान गर्न सकिन्छ । यद्यपि यसको आधिकारिक जानकारी भएको छैन । खाडी तथा मलेसियामा काम गर्ने नेपालीले पनि यो नेटवर्किङ कम्पनीमा पैसा हालेको भेटिएको छ । क्लिकमाण्डूको सम्पर्कमा आएका दुबईमा काम गर्ने धिरज खनाल आफ्नो ५० हजार डुबेको बताए ।

‘नेपालमा बस्ने एकजनाको आफन्तले पैसा कमाएको देखेपछि पैसा लगानी गरेको एक महिनाको तलब डुब्यो, ’ उनले भने । लगानीकर्ताले कम्पनी सिंगापुरको बताए पनि यसमा दिएको नम्बर भने मलेसियाको देखिन्छ । कम्पनीको बारेमा धेरै जानकारी लगानीकर्तालाई छैन ।

टेलिग्राम ग्रुपमा रुवाबासी

कम्पनीले बनाएको टेलिग्राम ग्रुपमा लगानीकर्ताको पछिल्लो ४ दिनदेखि रुवाबासी देख्न सकिन्छ । क्लिकमाण्डूले रिर्पोटिङको क्रममा आइएनएस भिडियो पुसको ग्रुपमा हेर्दा लगानीकर्ताले पैसा डुबेको लेखेका छन् ।

टेलिग्राममा गणेश क्षेत्री लेख्छन्, ‘कम्पनीले लुट्यो,पैसा नउठ्ने भयो।’ कम्पनीको एउटा टेलिग्राममा १ लाख ८० हजार सदस्य छन् । अर्कोमा १७ हजार सदस्य छन् । यसले नेपालमा आइएनएस भिडियोमा नेपालीहरु कुन तहले लागेका छन् भन्ने देखिन्छ ।

टेलिग्राममा रामजी न्यौपाने लेख्छन्, ‘कम्पनी भागेको हो, मेरो त भर्खर ५ अपग्रेड भएको हो ।’ अर्का लगानीकर्ता प्रेमबहादुर रावल लेख्छन्, ‘अब भाग्नुपर्ला जस्तो छ, कम्पनीले पैसा फिर्ता नगरेमा धेरैले सुसाइड गर्न सक्छन् । यो समाचार क्लिकमाण्डूमा रहेको छ।  

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
Tikaballav singh thakuri
Guest
Tikaballav singh thakuri
February 16, 2022 9:24 am

very good which person that invest by thinking earn high profit in certain time without investigation of these organisation/company. Everyone person know that according to the Government that is illegal.



साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस