×
Lagani
Lagani Shiksha gif
मन्त्री आलेविरुद्ध मुद्दा दायर गर्न सर्वोच्च अदालत पुग्यो बतास समूह



बतास समूहले सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ ।

बतास समूहले मन्त्रीबाट आफू अन्यायमा परेको जनाउँदै उनीविरुद्ध सर्वोच्चमा मुद्दा दायर गर्ने तयार गरेको हो ।  ‘बतास फाउण्डेशनको नामबाट बुधबार मन्त्री आलेविरुद्ध रिट परेको छ तर दर्ता भएको छैन । अहिले उक्त रिटमाथि अध्ययन भइरहेको छ,’ प्रधानन्यायाधीस चोलेन्द्र सम्सेर जबराका सञ्चार विज्ञ किशोर पौडेलले  जानकारी दिए ।

Lagani Shiksha gif
sharehubapk मन्त्री आलेविरुद्ध मुद्दा दायर गर्न सर्वोच्च अदालत पुग्यो बतास समूह

बतास समूहले नारायणहिटी दरबार संग्रहालयमा क्याफ्टेरिया सञ्चालन गर्ने तयारी गरेको थियो । उक्त कार्यलाई मन्त्री आलेले रोकेका थिए । त्यति मात्र होइन मन्त्री आलेले बतासले सञ्चालन गर्दै आएको पशुपतिस्थित धर्मशाला पनि सञ्चालनमा रोक लगाउने निर्णय गरेका थिए ।

केही दिनअघि मात्र बतास समूहले विज्ञप्ति जारी गरी मन्त्री आलेको निर्णयले आफूलाई करोडौं रुपैयाँ घाटा भएको जनाएको थियो । विज्ञप्तिमा बतास समूहले त्यसवापत क्षतिपूर्तिको माग समेत गरेको थियो । अहिले बतसा समूहल सोही क्षतिपूर्तिको माग गर्दै सर्वोच्च पुगेको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस