×
Nepse Bajar Messenger Channel
निफ्राका शेयरधनीको लागि खुसीको खबर , फेरी शेयर मूल्य बढ्न सक्छ ?



निफ्रालाई छिमेकी मुलुक भारत र बंगलादेशमा विद्युत् बेच्न अनुमति दिने प्रक्रिया अगाडि बढेको छ ।

ऊर्जा, जलश्रोत तथा सिंचाईं मन्त्रालयमा अहिले छलफल हुन थालेको छ ।मन्त्रालयले विद्युत् प्राधिकरण र सम्बन्धित महाशाखामा छलफल गरेर कार्यविधि र त्योसँग सम्बन्धित विषयमा काजगपत्र तयार गर्ने प्रक्रिया थालेको छ । निफ्राले प्रस्ताव गरेको कम्पनीमा भारतीय र बंगलादेशीहरुको समेत लगानीको प्रस्ताव गरिएको छ ।

निफ्राले प्रस्ताव गरेको कम्पनीमा भारतीय र बंगलादेशीहरुको समेत लगानीको प्रस्ताव गरिएको छ । उक्त कम्पनीमा विदेशी कम्पनीहरूको ३६, निफ्राको १५ देखि २०, सरकार तथा नेपाल विद्युत् प्राधिकरणको २०, बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रले २५ देखि ३० र सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) का लागि १० प्रतिशतसम्म स्वामित्व हुने प्रस्ताव गरिएको छ ।

नेपालमा उत्पादित विद्युतको माग बढाउन तथा व्यापारीकरणमा योगदान पुर्याउने उदेश्यले बृहत सहभागितामा विद्युत ब्यापर कम्पनी स्थापना गर्न बैंकले प्रस्ताव गरेको हो ।

मन्त्रालयले कार्यविधि र त्योसँग सम्बन्धित विषयमा कागज पत्र तयार गर्ने प्रक्रिया सुरु भएको र  मन्त्रालयले अहिले विद्युत् प्राधिकरण र सम्बन्धित महाशाखामा छलफल गरिरहेको छ ।

बैंकले गत वर्ष माघ २ गते देखि ६ गते सम्म जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । त्यस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणलाई निष्काशनमा ल्याएको थियो ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर ५० कित्तासम्म माग गर्नेलाई माग अनुसार नै बाडफाड गरेको थियो । आबेदन गर्ने सबैलाई ५० कित्तासम्म बाँडफाँड गरी बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता शेयर गोलाप्रथाबाट ५० कित्ता भन्दा बढी आवेदन गर्ने ४ लाख ९२ हजार ७२ जनालाई थप १० कित्ता दरकाले बाँडफाँड गरेको हो।

हाल बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस