×
एमाले अध्यक्ष ओलीलाई कारबाहीको माग , यस्तो छ कारण।



नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्न माग गर्दै भक्तपुर जिल्ला प्रशासन कार्यालयमा निवेदन परेको छ ।

संक्रामक रोग ऐन २०२० विपरीत कार्य गरेको भन्दै सूर्यविनायक नगरपालिका भक्तपुरका अभिजित अधिकारीले उनीविरुद्ध उजुरी गरेका हुन् ।

कोरोना संक्रमण हुँदा पनि ओलीले सार्वजनिक स्थलमा जानीजानी अन्य व्यक्तिहरूसँग सम्पर्कमा आई कोरोना संक्रमण फैलाउने कार्य गरेको निवेदनमा आरोप लगाइएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली आफू कोभिड संक्रमित भएकै बेला एमाले भ्रातृ संगठन युवा संघले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए । ‘ओलीको उपस्थिति र उल्लेखित भाषणको बारेमा विभिन्न पत्र पत्रिका एवं सञ्चार सम्प्रेषण भएका छन्। उक्त समाचार र तस्बिर निवेदनका साथ सम्प्रेसण गर्दछौं,’ उजुरी पत्रमा भनिएको छ ।

उजुरी पत्रमा यस प्राकार लेखिएको छ : 

उपरोक्त सम्बन्धमा मिति २०७८ साल माघ १२ गते पुर्वप्रधानमन्त्री के.पी, शर्मा वली आफु कोभिड संक्रमित हुदा हुदै एमालेको भातृ संगठन युवा संघले आयोजना गरेको बालकोट स्थित रक्तदान कार्यक्रममा सहभागी भई हुलहुज्जत गरौ आफुलाई कोरौनाको सामान्य संक्रमण भएको भनि भाषण गरिरहनु भएको मिडियो सार्वजनिक भएको धियो। कोरोना संक्रमित के.पी. शर्मा वलीको उपस्थिति र उल्सेखित भाषणको बारेमा विभिन्न पत्र पत्रिका एवंम सन्चार माध्यममा समेत समाचार सम्प्रेशण भएका छन्‌ ।

उक्त समाचारहरु र तस्बिर यसै निवेदनका साथ पेश गर्दछौँ । यसरी आफु कोरोना संक्रमित भई जानिजानी सार्वजनिक स्थलमा गई अन्य व्यक्तिहरुसँग सम्पर्कमा आई कोरौना संक्रमण फैलाउने कार्य गरी संक्रामक रोग ऐन, २०२० विपरीत कार्य गरेकाले निज के.पी शर्मा वलीलाई कानुन बमोजिम आवश्यक कारबाही गरीपाँउ ।

निज के.पी. शमा वलीको उक्त उपस्थिति र भाषणले समाजमा कोरोना संक्रमण फैलाउनुमा साथसाथै आम जनमानसमा कोरोनाको कहर सामान्य रुघा खोकी मात्र भएको भ्रमित अवस्था सिर्जना गर्न सक्ने भएकोले आवश्यक कारबाही नभएमा अरु कोरोना संक्रमितहरुले समेत कुनै मापदण्ड पालना नगरी आफुलाई आईसोलेट नगरी समाजमा अझ संक्रमण बढाउन सक्ने देखिन्छ ।

तसर्थ, निज के पी. शमी वलीलाई विधिको शासनलाई अनुशरण गर्दै संक्रामक रौग ऐन, २०२० को दफा ३ बमोजिम यथासिघ कारबाही गरीपाँउ भनि अनुरोध गर्दछौँ ।

oli ujuri एमाले अध्यक्ष ओलीलाई कारबाहीको माग , यस्तो छ कारण।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस