×
Lagani
Lagani Shiksha gif
‘पब्जी’को प्रभावमा १४ वर्षीया किशोरले गरे परिवारको हत्या



पाकिस्तानको पञ्जाब प्रान्तमा १४ वर्षीय किशोरले अनलाइन गेम ‘पब्जी’ को प्रभावमा आफ्नी आमा‚ दाजु र दिदीबहिनीसहित सम्पूर्ण परिवारको गोली हानी हत्या गरेका छन्।

‘पब्जी’ खेल्दा गाली गरेको झोंकमा पाकिस्तानको पञ्जाब प्रान्तमा १४ वर्षीय बालकले आमासहित परिवारका ४ जना सदस्यको हत्या गरेका हुन् । अघिल्लो हप्ता काहना इलाकामा ती किशोरले ४५ वर्षीया नाहिद मुबारक, दाजु २२ वर्षीय तैमुर, १७ वर्षीया दिदी र ११ वर्षीया बहिनीको हत्या गरेका हुन् ।

Lagani Shiksha gif
sharehubapk ‘पब्जी’को प्रभावमा १४ वर्षीया किशोरले गरे परिवारको हत्या

प्रान्तीय राजधानी लाहोरको प्रहरीले उक्त जानकारी दिएको हो । गत हप्ता लाहोरको काहना क्षेत्रमा ४५ वर्षीया स्वास्थ्यकर्मी नाहिद मुबारक, उनका २२ वर्षीय छोरा तैमुर र १७ र ११ वर्षका छोरीको शव भेटिएको थियो।

प्रहरीले नाहिद मुबारकको सम्बन्धविच्छेद भएको र उनका १४ वर्षीय छोरा पढाइ छोडेर दिनभर पब्जी खेल्नमा व्यस्त रहने भएकाले उनका मानसिक चोछ पुगेको हुनसक्ने बताएको छ । दिनभर पब्जी खेल्ने गरेकाले आमाले गाली गरेपछि आलमारीमा भएको आमाको पेस्तोल निकालेर उनले सबै परिवारका सदस्यको हत्या गरेका थिए ।

नाहिद मुबारक सम्बन्धविच्छेद गरेकी महिला थिइन्। पढाइमा ध्यान नदिने र दिनभर ‘पब्जी’ खेलेको भन्दै उनले छोरालाई गाली गर्ने गरेकी थिइन्।विज्ञप्तिमा भनिएको छ- घटना भएको दिन नाहिदले छोरालाई गाली गरेकी थिइन्।

त्यसपछि किशोरले दराजबाट आमाको पेस्तोल निकालेर आमा‚ दाजु र दिदीबहिनीलाई गोली हानी हत्या गरेका थिए । बयानका अनुसार भोलिपल्ट बिहान किशोरले हल्लाखल्ला गरे र छिमेकीहरूले प्रहरीलाई बोलाए। त्यतिवेला किशोर आफू घरको माथिल्लो तलामा रहेको र कसरी आफ्नो परिवारको हत्या भयो थाहा नभएको प्रहरीलाई बताए।

नाहिद मुबारकले परिवारको सुरक्षाका लागि पेस्तोल किनेकी थिइन् र उनीसँग लाइसेन्स पनि रहेको प्रहरीले जनाएको छ। हत्यापछि किशोरले फ्याँकेको पेस्तोल खोजी गरिरहेको प्रहरीले जनाएको छ।

प्रहरीले किशोरको रगत लतपतिएको लुगा बरामद गरिएको बताए। ‘डन’को समाचारअनुसार लाहोरमा अनलाइन गेमसँग सम्बन्धित यो चौथो अपराध हो। यहाँ पहिलो घटना सन् २०२० मा भएको थियो।

लाहोरका तत्कालीन प्रहरी अधिकारी जुल्फिकार हमिदले मानिसहरूको जीवन, समय र लाखौं किशोरकिशोरीहरूको भविष्य बचाउन खेलमा प्रतिबन्ध लगाउन सिफारिस गरेका थिए।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस