×
Lagani
Lagani Shiksha gif
गूगलका सीईओ सुन्दर पिचाईसहित ६ जनाविरुद्ध मुद्दा दायर, कपीराइट उल्लंघन गरेको आरोप



मुम्बई प्रहरीले गुगलका सीइओ सुन्दर पिचाईसहित कम्पनीका ६ जनाविरुद्ध प्रतिलिपि अधिकार एन उल्लंघको मुद्दा दायर गरेको छ ।

‘अदालतको आदेशमा गुगलका सीईओ सुन्दर पिचाई र कम्पनीका अन्य पाँच जना अधिकारीविरुद्ध प्रतिलिपि अधिकार ऐन उल्लंघनको आरोपमा मुद्दा दायर गरिएको छ,’ मुम्बई प्रहरीले भनेको छ ।

Lagani Shiksha gif
sharehubapk गूगलका सीईओ सुन्दर पिचाईसहित ६ जनाविरुद्ध मुद्दा दायर, कपीराइट उल्लंघन गरेको आरोप

भारतीय समाचार एजेन्सी एनडीटीभीका अनुसार फिल्म निर्देशक सुनिल दर्शनले दिएको उजुरीका आधारमा मुम्बई प्रहरीले मुद्दा हालेको हो । गुगलले आफ्नो अनुमतिबिना नै अनधिकृत व्यक्तिलाई ‘एक हसिना थी एक दिवाना थी’ फिल्म युट्युबमा राख्न अनुमति दिएको दर्शनको उजुरीमा उल्लेख छ ।

भारतीय मूलका अमेरिकी पिचाई भारतको ७३ औं गणतन्त्र दिवसको अवसरमा बुधबार पद्म भूषणबाट सम्मानित भएका थिए ।

यो मुद्दा बलिउड फिल्मनिर्माता सुनील दर्शनले दायर गरेका हुन् । उनले आफ्नो याचिकामा गूगलले एक जना अनधिकृत व्यक्तिलाई उनको सन् २०१७ मा रिलिज भएको ‘एक हसीना थी, एक दीवान था’ को यूट्यूबमा अपलोड गर्न मन्जुरी दिएको आरोप लगाएका छन् ।

यस विषयमा कपीराइट दावी गर्न इमेल लेख्नुका साथै धेरै कोसिस गरेको तर गूगलबाट कुनै जवाफ पाउन नसकेको बताएका छन् । उनले यसबाट आफ्नो पुरा हक हनन् भएको पनि बताएका छन् ।

गूगलका सीईओ विरुद्ध यस्तो समयमा मुद्दा दायर भएको छ जवकि उनी एकदिन पहिले भारत सरकारले उनलाई पद्म भूषणबाट सम्मानित गरेको छ ।उनी मात्र नभई माइक्रोसफ्टका सीईओ सत्य नडेला पनि पद्म भूषणबाट सम्मानित भएका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस