×
Lagani
Lagani Shiksha gif
जनगणना २०७८ : प्रारम्भिक नतिजाअनुसार यस्तो छ नेपालको जनसंख्या



गत मंसिरमा भएको १२औँ राष्ट्रिय जनगणना २०७८को प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ ।

जसअनुसार पछिल्लो १० वर्षमा २७ लाख जनसंख्या वृद्धि भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।१२औँ राष्ट्रिय जनगणनाको प्रारम्भिक विवरणअनुसार जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० कायम भएको छ । जुन ११ राष्ट्रिय जनगणना २०६८ को तुलनामा २७ लाख ९७ हजार ९७६ जनसंख्या वृद्धि भएको हो ।

Lagani Shiksha gif
sharehubapk जनगणना २०७८ : प्रारम्भिक नतिजाअनुसार यस्तो छ नेपालको जनसंख्या

राष्ट्रिय जनगणना २०६८ मा नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो ।  १२औँ जगनणनाको प्रारम्भिक विवरणअनुसार पुरूष एक करोड ४२ लाख ९१ हजार ३११ र महिला एक करोड ४९ लाख एक हजार १६९ जना रहेका छन् । जसअनुसार पुरूषभन्दा महिला ६ लाख बढी छन् ।

१० वर्षमा जनसंख्या वृद्धिदर शून्य दशमलज ९३ प्रतिशत रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस