×
Lagani
Lagani Shiksha gif
भारतमा भेष बदलेर बसेका थिए प्रहरीको मोटरसाइकल लिएर भागेका कैदी यमराज



प्रहरीकै मोटरसाइकल लिएर दाङको घोराही कारागारबाट फरार भएका कैदी यमराज परियारलाई एक महीनापछि प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनका क्रममा प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले नेपालगन्जको जमुनाहा नाकाबाट पक्राउ गरिएको भनिए पनि उनी भारतबाट पक्राउ परेको उच्च स्रोतले बताएको छ ।

Lagani Shiksha gif
sharehubapk भारतमा भेष बदलेर बसेका थिए प्रहरीको मोटरसाइकल लिएर भागेका कैदी यमराज

कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका यमराज गत पुस ८ गते उपचारका क्रममा प्रहरीकै मोटरसाइकल लिएर भागेका थिए । उनी भागेको दोस्रो दिन मोटरसाइकल भने लमही नगरपालिका-६ बेलदमारको जंगलमा फेला गरेको थियो ।

स्रोतका अनुसार उनी केही दिन हिंडेर जंगलको बाटो हुँदै भारत पुगेका थिए । ‘रातारात लमहीको जंगल हुँदै नेपाल-भारत सीमाबाट भारत गएको देखियो’ उनले भने, ‘हिंडेरै नाकाको बाटो हुँदै भारत पुगेको खुलेको छ ।’

उनलाई त्यहाँ रहेका अफ्ना भाइ र साथीहरूको सहयोगमा भारतको पञ्जावको लुधियाना पुग्न सफल भएका थिए । त्यहाँ उनी भेष बदलेर लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको एक अनुसन्धान अधिकारीले बताए ।

कारागारमा हुँदा नाइके परियारले कपाल र दाह्री लामो पालेका थिए । त्यतिबेला उनको हुलिया अहिलेको भन्दा बिल्कुल फरक देखिन्थ्यो । पहिले दाह्री र कपाल लामो पालेका परियार त्यहाँ कपाल र दाह्री फालेर फरक हुलियामा बसेका थिए । ‘हुलिया नै बदलेर बसेपछि प्रहरीलाई पनि चिन्न गाह्रो परेको थियो’ ती अधिकारीले भने, ‘हुलिया बदले पनि आँखा हेरेर चिन्न सकियो । शरीरमा खोपेको ट्याटुले पक्राउ गर्न सजिलो भयो ।’

उनी फरार भए लगत्तै प्रधान प्रहरी इन्टरपोल खटिएको थियो । कैदी यमराज बस्न सक्ने सम्भाव्य स्थानहरू, उनले प्रयोग गर्ने फोन, भाइवर, ह्यटएपलगायतका माध्यमबाट परियारको लोकेसन पत्ता लगाइयो । त्यसक्रममा उनले विभिन्न फोन र सिम प्रयोग गरिएको पाइएको अनुसन्धान अधिकारीले बताए ।

अन्ततः एन्की अपरेसन मार्फत फरार कैदी यमराजलाई महीना दिनमै पक्राउ सोमबार दाङ ल्याएको छ । यसलाई सफलता हात पारेको एसपी काफ्लेले बताए ।

यसअघि सो प्रकरणमा संलग्नता रहेको आशंकामा घोराही कारागारका जेलर युवराज परियारलाई पदमुक्त गरी अनुसन्धानका लागि केही दिन हिरासतमा राखिएको थियो । अनुसन्धानका क्रममा उनी दोषी नदेखिएपछि पुस १६ गते छुटेका थिए । यमराज फरार प्रकरणमा प्रहरी जवान चौधरी र तुलसीपुर उपमहानगरपालिका-१० की २२ वर्षीया समी चौधरी पुर्पक्षका जेल चलान भइसकेका छन् ।

त्यस्तै सोही प्रकरणमा संलग्नता रहेको भन्दै घोराही कारागारका सुरक्षा इञ्चार्ज प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेन ठकुरी १० हजार र प्रहरी हवल्दार गणेशकुमार थारु पाँच हजार धरौटीमा छुटेका छन् ।

यो प्रकरणमा युवतीलगायत होटलको समेत व्यवस्थापनको काम गरेको आरोप लागेकी घोराहीका सौजन्य खनाल र घोराही उपमहानगरपालिका-१६ की विपाशा चौधरीलाई अदालतले साधारण तारेखमा छोड्न आदेश भएको थियो । त्यसपछि तुलसीपुर कारागारका जेलर अमर वलीलाई घोराही कारागारमा खटाइएको थियो ।

यसरी भागेका थिए…

गर्भवती प्रेमीकाको हत्यामा जन्मकैदको सजाय काटिरहेका यमराज घोराही कारागारमा राम्रो छवि बनाएर नाइके बनेका थिए । परियारलाई बजार जाउआउ गर्न छुट थियो ।

कारागारका कैदीहरूका लागि आवश्यक पर्ने सामानको व्यवस्था गर्ने जिम्मेवारी पनि उनको थियो । एकजना प्रहरीलाई साथमा लगेर उनी जहाँ पनि जान सक्दथे ।

गत पुस ८ गते बिहान प्रहरी जवान धनबहादुर चौधरीसँग उनी उपचारका लागि अस्पताल गएका थिए । छालाको उपचारका लागि गएका प्रहरी जवान चौधरी र कैदी यमराज अस्पताल नगएर घोराही वीपी चोकस्थित थकाली भान्सा घर एण्ड लजमा दुई महिला सहित गएका थिए।

त्यही क्रममा कैदी यमराज प्रहरीको लु ३४ प ४१० नम्बरको मोटरसाइकल लिएर भागेका थिए । भागेको दोस्रो दिन सो मोटरसाइकल लमही नगरपालिका-६ बेलदमारको जंगलमा फेला परेको थियो ।

परियारको खोजीमा डीएसपी मुकुन्दप्रसाद रिजालको कमाण्डमा प्रहरी टोली खटिएको र घटनाको गम्भीर अनुसन्धान गरेको थियो । यमराजले जन्मकैद सजायमा ७ वर्ष काटिसकेका थिए । प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार कारागार ऐन २०१९ को दफा २४ को ३ मा कैदम्याद तोकिएको कैदी भागेमा बाँकी कैदको डेढी बढाई कैद सजाय गर्ने व्यवस्था छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस