×
Lagani
Lagani Shiksha gif
माई पे वालेटबाट हवाई टिकट बुक गर्दा एक हजारसम्म क्यासब्याक



माई पे डिजिटल वालेटले आन्तरिक हवाई टिकट बुकिङ सेवा सुचारु गरेको अवसरमा एक हजार रुपैयाँसम्म क्यासब्याक दिने भएको छ।

नेपालभित्र कुनै पनि गन्तव्यका लागि माई पे वालेटमार्फत हवाई टिकट बुकिङ गर्दा अधिकतम १ हजार रुपैयाँसम्म र न्यूनतम ५ प्रतिशत क्यासब्याक प्रदान गरिने कम्पनीले जनाएको छ ।

Lagani Shiksha gif
sharehubapk माई पे वालेटबाट हवाई टिकट बुक गर्दा एक हजारसम्म क्यासब्याक

हाल माई पे मार्फत आन्तरिक एयरलाइन्सका टिकट बुकिङ गर्ने प्रयोगकर्ताले ३ हजार रुपैयाँसम्मको टिकट बुकिङमा ७ प्रतिशत र ३ हजार भन्दा माथिको टिकट बुकिङमा ५ प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्ने छन जुन क्यासब्याक अन्य कुनै पनि माध्यमबाट टिकट बुकिङमा पाइनेभन्दा धेरै रहेको कम्पनीको दावी छ । ।

त्यति मात्र नभएर हरेक दिन माई पे मार्फत टिकट बुकिङ गर्नेमध्ये भाग्यशाली ३ जनालाई अतिरिक्त १० प्रतिशत क्यासब्याक समेत दिइने कम्पनीले जनाएको छ  जु सिमित अवधिको लागि रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार हाल बजारमा रहेका भुक्तानी सेवाप्रदायकहरूले भन्दा नवीन र उत्कृष्ट सुविधाहरू यस वालेटबाट प्राप्त गर्न सकिने कम्पनीको दाबी छ ।  पछिल्लो समय नेपालमा डिजिटल भुक्तानीमा सर्वसाधारणको आकर्षण ह्वात्तै बढेको छ । विगत दुुई वर्षदेखि कोरोना भाइरसको महामारीले पनि डिजिटल भुक्तानीप्रतिको आकर्षण बढाएको हो ।

वालेट मार्फत ग्राहकले हवाई टिकट बुकिङसँगै मोबाइल टपअप, पानीको बिल भुक्तानी, फोनको बिल भुक्तानी, विद्युत् महसुल भुक्तानी, इन्टरनेटको बिल भुक्तानी, टेलिभिजनको बिल भुक्तानी, रिचार्ज पिन, डाटा प्याक, केबलकारको टिकट बुकिङ र बस टिकट बुकिङका सुविधाहरु समेत पाउने छन् । यसका साथै एक बैंक खाताबाट अर्को खातामा मात्र १ रुपैयाामा रकम पठाउन सकिने सुविधा पनि छ ।

पछिल्ला दिनहरूमा नेपालीहरू डिजिटल प्रविधिप्रति आकर्षित भइरहेको बेला स्मार्ट कार्ड नेपाल प्रालिले माई पे वालेट सञ्चालनमा ल्याएको हो ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस