×
गृहमन्त्री खाँणले कसरी कमाए अकुत सम्पत्ति ?



जिन्दगीभर राजनीति गरेर कुनै व्यवसाय नगरेका गृह मन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाण अर्बौं सम्पत्ति र सय तोला सुनचाँदीको मालिक भएको भन्दा सबैलाई आश्चर्य लाग्ला ।

उनको काठमाडौंदेखि बुटवलसम्म सबै सम्पतिको मुल्यांकन गर्दा अरबौंको भेटिएको छ । उनी आफैंले सार्वजनिक गरेको सम्पत्ति विवरणमा खाँणको सम्पत्ति चकित पार्ने खालेको छ । अर्को आश्चर्य त के छ भने मन्त्री खाँणले यो मध्य अधिकांश सम्पत्ति ससुरालीले आफ्नी श्रीमतीका नाममा बकसपत्र गरेको उल्लेख गरेका छन् ।

पूरै जीवन राजनीतिमा बिताएका खाँणले अर्बौं रूपैयाँ बराबरको सम्पत्ति देखाउँदा स्वयं नेपाली कांग्रेसका नेताहरू पनि चकित परेका छन् । मन्त्री खाँणले सार्वजनिक गरेको सम्पत्तिमा नगद, जग्गा जमिन, सुन, चाँदी, शेयर, बैंक खातामा रहेको बचतलगायत उल्लेख गरिएको छ । उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा देखाइएका घर र घडेरी मात्र अर्ब रूपैयाँ भन्दा बढीका छन् ।

उनले सम्पत्ति विवरण देखाए पनि स्रोतमा भने शंका गर्ने उल्लेख्य स्थान छाडेका छन् । उनले देखाएका धेरैजसो सम्पत्तिको स्रोतमा उनले ससुरालीबाट प्राप्त भएको बताएका छन् । खाँणले सार्वजनिक गरेको सम्पत्ति विवरणमा आफू, आफ्नी श्रीमती मञ्जु खाँण र बुवा–आमाको नाममा रहेका जग्गा जमिन उल्लेख गरेका छन् ।

खाँणले काठमाडौं, ललितपुर, रूपन्देही, चितवन, धनुषामा गरी एक अर्बभन्दा बढी मूल्य बराबरको घर–घडेरी रहेको उल्लेख गरेका छन् । खाणले दिएको विवरणमा काठमाडौं र ललितपुरमा मात्र ३ रोपनीभन्दा बढी जग्गा देखिएको छ । सम्पत्ति सार्वजनिक गर्दा मन्त्री र सार्वजनिक पद धारण गरेका व्यक्तिहरू सबैजसोले ससुरालीबाट प्राप्त भन्ने गरेका छन् ।

काठमाडौं र ललितपुरमा रहेको सबै घर–घडेरीहरू देखि बुटवलका केहि जग्गा जमिन ससुरालीबाट प्राप्त बहेको उनले बताएका छन् । त्यतिमात्र होइन उनीसंग भएको सुनचाँदीको स्रोतमा पनि उनले ससुरालीबाट प्राप्त भएको बताएका छन् ।

मन्त्री खाणको श्रीमती मञ्जु खाँणको नाममा धरैजसो सम्पत्ति देखाएका छन् । सम्पत्ति विवरणअनुसार मञ्जुको नाममा काठमाडौं महानगरपालिका–३५ मा मात्र १७ आना जग्गा छ । मन्त्री खाणको आफ्नै नाममा काठमाडौंमा जग्गा–जमिन देखाएका छैनन् । काठमाडौं र ललितपुरमा रहेको जग्गाको सम्पत्ति श्रीमतीको नाममा भएको देखाएका छन् ।

त्यसका अलावा मन्त्री खाँणले देखाएको सम्पत्तिमा ललितपुरको भैंसेपाटीमा परिवारको एक रोपनी १२ आना जग्गा भनिएको छ । यो जग्गा पनि श्रीमतीकै नाममा देखाइएको छ । आश्चर्यको कुरा त के छ भने यो सबै जग्गा पनि श्रीमतीले बुवाबाट वकसवापत पाएको उल्लेख छ ।

काठमाडौं महानगरपालिका–३५ मा ४ आना २ पैसामा क्षेत्रफलमा एउटा घर पनि उनले देखाएका छन् । त्यसको स्रोत भने उनले ससुराली बताएका छैनन् । उनले त्यो जग्गा भने घरजग्गा खरिद बिक्रीबाट प्राप्त गरेको बताएका छन् ।

त्यतिमात्र होइन खाँणसँग बुटवलमा एक कठ्ठा क्षेत्रफलमा फैलिएको एकतले घर, बुटवलकै मैत्रीपथमा साढे दुई तले घर, रूपन्देहीको साविक करहिया गाविसमा ५ कठ्ठा जग्गा र दुई तल्लाको घर भएको देखिएको छ । रूपन्देहीकै अन्य विभिन्न स्थानमा गरेर खाणसँग करिब चार बिगाहा जग्गा भएको खुलेको छ ।

balkrishna khan jagga गृहमन्त्री खाँणले कसरी कमाए अकुत सम्पत्ति ?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस