×
Lagani
Lagani Shiksha gif
धर्मशाला निरीक्षणपछि मन्त्री आलेले दिए यस्तो प्रतिक्रिया , जसले सबैलाइ अचम्मित बनायो।



संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला देखेर आफू ‘सक’ भएको बताएका छन् ।

छानबिन समितिका सदस्य, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसहित पशुपति क्षेत्रमा आइतबार बतास अर्गनाइजेशनले व्यवस्थापनको जिम्मेवारी लिएको धर्मशालाको निरीक्षणपछि मन्त्री आलेले धर्मशाला त सेभेन स्टार होटेलजस्तो देखेर आफू ‘सक’ भएको बताएका हुन् ।

Lagani Shiksha gif
sharehubapk धर्मशाला निरीक्षणपछि मन्त्री आलेले दिए यस्तो प्रतिक्रिया , जसले सबैलाइ अचम्मित बनायो।

उनले यसबारे छानबिन समितिले भोलि प्रतिवेदन बुझाउने र त्यसपछि आवश्यक निर्णय लिइने मन्त्री आलेले बताए । उनले भने, ‘छानबिन प्रतिवेदन आइसकेपछि दूधको दूध पानीको पानी हुन्छ ।’ उनले छानविनको क्रममा दोषी देखिएका सबैलाई कारबाही गर्ने प्रतिबद्धतासमेत जनाए ।

आफूले राजनीतिक प्रतिशोध कसैमा नसाँधेको बताएका उनले जोसुकैले गलत गरेको भए पनि कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाए। यसमा भारत सरकारको २५ करोड लगानी रहेको बताउँदै मन्त्री ओलेले भने, ‘तीर्थयात्रीहरु सस्तो सुलभ मूल्यमा बस्न पाउन् भन्ने उद्देश्यले बनाइएको धर्मशाला धर्मशालाको रुपमा नभएर सानदार आलिशान, छ । सेभेन स्टारको हाराहारीमा मैले पाएँ ।’

‘नेपाल-भारत मैत्री धर्मशाला’मा अहिले बतास समूहले ‘होटल आनन्द’ चलाइरहेको छ, जहाँ बस्नेले खानाबाहेक एउटा कोठाको करीब ७ हजार रुपैयाँसम्म तिर्नुपर्छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस