TPC 496 -15 PBD88 1016 -1 MBLD87 980 -17 NIMB 155 -0.4 CLI 443.4 -0.6 KLBSL 867 -17.9 NIMBD90 1040.2 24.7 MNBBL 339.1 -1.2 KBLPO 106 0 KDL 765.4 -5.6 NICAD8283 1083.2 21.2 SBD87 980 -14.5 ACLBSL 762 -8 NYADI 295 -2 UNHPL 229 -4.5 ICFC 502 -6 MKLB 995 -15 SKBBL 812.1 -7 KBSH 1019 -41 MEN 508 -3 RBCL 12990 -205 RBCLPO 10600 -100 PPL 622.2 -9.8 EHPL 450 1 DHPL 206 8 KRBL 405 -6.2 CHL 313 -5 FMDBL 610 -6 BOKD86 975 4.8 MFIL 501 -1 HHL 373.5 -11.5 HRL 605.1 -1.4 H8020 8.78 0.17 GIBF1 8.14 -0.14 KEF 8.25 0.22 HBL 181 -1 MEL 230 -4 HURJA 289.8 -2.2 MKCL 915 -5 HPPL 264 -6
×
नोवेल मेडिकल कलेजका सञ्चालक शर्मामाथि कालोमोसो



नोवेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मामाथि कालोमोसो दलिएको छ ।

एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले शर्मालाई कालोमोसो दलेको हो ।

अनेरास्ववियुका नेता महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनको नेतृत्वम गएको टोलीले उनीमाथि कालोमोसो दलेको हो । कालोमोसो दल्ने श्रेष्ठ र पुनलाई प्रहरीले गिरफ्तार गरेको छ । अनेरास्वियुले तत्काल उनीहरूको रिहाइको माग गरेका छन् ।

नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित :  
नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरले अतिरिक्त शुल्क बुझाए मात्रै पढाइ सुरू गर्ने निर्णय गरेपछि अध्ययनरत विद्यार्थी थप आन्दोलित भएका छन् । चिकित्सा शिक्षा संघर्ष समिति तथा केही विद्यार्थी संगठनले विद्यार्थीको आन्दोलमा ऐक्यबद्धता जनाएपछि विद्यार्थीहरू थप आन्दोलित बनेका हुन् ।

आन्दोलनरत विद्यार्थीले आइतबार नोबेल मेडिकल कलेजको प्रगांणमा प्रदर्शनसमेत गरेका छन् । उनीहरूले नाराबाजीसहित प्रदर्शन गरेका छन् । शिक्षा आयोगले तोकेको शुल्कभन्दा बढी नतिर्ने भन्दै उनीहरू आन्दोलित बनेका हुन् । आयोगले तोकेको भन्दा बढी शुल्क लिन विद्यार्थीलाई दबाब दिन खोजेपछि एमबीबीएस पढ्ने बिद्यार्थीको संगठन चिकित्सा शिक्षा संघर्ष समितिका प्रतिनिधिसमेत विराटनगर आएका छन् ।

पोखरादेखि विराटनगर आएर समितिका विद्यार्थी नेताहरूले आन्दोलनरत विद्यार्थीलाई साथ दिएका छन् । विद्यार्थीलाई राज्यको नियम लागु हुने मेडिकल कलेजका संचालकलाई कार्वाही नहुने भएपछि आदोलनलाई देशव्यापी बनाउने चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक पर्शु भट्टराईले बताए ।

चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७/०७८ का लागि निर्धारण गरेको शुल्कभन्दा करिब पाँच लाख रुपैयाँ बढी मागेपछि अभिभावकसमेत आन्दोलनमा उत्रिएका छन् । कलेजले आयोगले तोकेकोभन्दा चार लाख ८२ हजार रुपैयाँ बढी बुझाउन दबाब दिँदै आएको छ । अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीको पठनपाठन रोकेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशनमा ११ पुसदेखि पठनपाठन सञ्चालन गरेको कलेज प्रशासनले अतिरिक्त शुल्क नबुझाए पढाउन नसक्ने विद्यार्थीलाई जानकारी गराएको थियो ।

कलेजले ११ पुसबाट कक्षा सुरू गरे पनि १२ पुसदेखि भने अतिरिक्त शुल्क नबुझाउने बिद्यार्थीको पठनपाठन रोकेको छ । कलेजमा भर्ना भएका ९६ जना विद्यार्थीमध्ये नौ जना भारतीय, १० जना छात्रवृत्तिका र पाँच जना अतिरिक्त शुल्क बुझाएका विद्यार्थीलाई छुट्टै कक्षाकोठामा राखेर पढाउन थालेपछि शिक्षा आयोगले तोकेको शुल्क बुझाउँदा पनि उनीहरू पढ्नबाट बञ्चित बनेका छन् । नेकपा एमाले तथा नेकपा एकिकृत समाजवादीका विद्यार्थी संगठनहरूले आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै आन्दोलन गरिरहेका छन् । आयोगले तोकेको भन्दाबढी शुल्क लिए थप आन्दोलन गर्ने नेकपा (एस) निकट अनेरास्वियूका नेता वासिम आलमले बताए । विद्यार्थीहरूको आन्दोलनमा आफ्नो ऐक्यबद्धता रहेको समेत उनले बताए ।

चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि कूल ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क निर्धारण गरेको छ । त्यसमध्ये प्रथम वर्षको १४ लाख ८५ हजार अभिभावकले बुझाइसकेका छन् । तर, कलेज सञ्चालक सुनिल शर्माले अतिरिक्त २० लाख शुल्क बुझाउने सर्तनामामा हस्ताक्षर गराएपछि मात्रै पठनपाठन सुरू गर्ने अडानमा राख्दै आएका छन् ।

पटकपटक ज्ञापनपत्र बुझाउँदासमेत संचालकले बेवास्ता गरेकोले थप आन्दोलन गर्ने एमाले निकट अनेरास्वियूले चेतावनी दिएको छ । आयोगले तोकेकोभन्दा बढी शुल्क नलिन भन्दै चेतावनीसहितको पत्र प्रशासनलाई बुझाएको अनेरास्वियूका नेता पवन पहाडीले बताए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस